देश

छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन नगरपालिकाको उर्दी

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक÷सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए… पुरा पढौ

बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु

काठमाडौँ । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ… पुरा पढौ

पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै

पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ । पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ । यसको लागत पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार… पुरा पढौ

आजको मौसम: वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा… पुरा पढौ

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

फागुन २७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए । “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… पुरा पढौ

पुरानो गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल

फागुन २७ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन् । प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गरे । उनले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताए । उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी… पुरा पढौ

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने

फागुन २७ काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उनको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।… पुरा पढौ

गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो : महामन्त्री थापा

फागुन २७ ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भने । उनले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गरे । “अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार… पुरा पढौ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

फागुन २७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उनले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री लामिछानेले भने, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए… पुरा पढौ

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

काठमाडौँ । हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए… पुरा पढौ