देश

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

फागुन २८ बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि… पुरा पढौ

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन

फागुन २८ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन् । प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव… पुरा पढौ

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

फागुन २८ काठमाण्डौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ… पुरा पढौ

गण्डकी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद् बैठकको नर्णय

फागुन २८ काठमाण्डौं । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका… पुरा पढौ

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

फागुन २८ काठमाण्डौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ । विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए । सरकारको… पुरा पढौ

रमजान भोलिदेखि शुरु

फागुन २८ काठमाण्डौं । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी… पुरा पढौ

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

फागुन २८ बाजुरा । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । रासस पुरा पढौ

रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन

डुम्रे । भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात… पुरा पढौ

गण्डकी सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न माओवादी केन्द्रको आग्रह

पोखरा, फागुन २८ नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको आज बसेको बैठकले गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भइसकेको भन्दै दुरगामी असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको हो । बैठकको निर्णयमा भनिएको छ,‘गण्डकी सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालीन असर गर्ने खालका कुनैपनि निर्णय नगर्न साथै त्यस्ता कुनैपनि कामकारवाही अगाडि नबढाउन सरकारलाई सचेत गराईन्छ ।’ बैठकले नया सरकार निर्माणको प्रक्रिया सहज र… पुरा पढौ

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोररको बागलुङ–गुल्मी खण्ड सञ्चालन

सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन् । पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण… पुरा पढौ