देश

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए । “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय… पुरा पढौ

आजदेखि कांग्रेस महासमिति बैठक

काठमाडौँ । देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विसं २०७८ मङ्सिर २४ गते काठमाडौँमा सम्पन्न भएको १४ औँ राष्ट्रिय महाधिवेशनको दुई वर्ष तीन महिनापछि ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका छन् । प्रतिनिधिसभामा अन्य दलको भन्दा बढी सांसद र मन्त्री रहेको, आधाभन्दा बढी प्रदेशमा सरकार प्रमुख भएको र लगभग आधा स्थानीय सरकारमा प्रभुत्व जमाएको कांग्रेसको महासमिति बैठकलाई… पुरा पढौ

पोखराको महेन्द्रपुलमा बन्यो अन्तरराष्ट्रिय झण्डापार्क, अवलोकनका लागि खुल्ला

पोखरा, फागुन ७ सुन्दर नगरी पोखरा पर्यटकीय सहर हो । यहाँबाट देखिने हिमश्रृंखला, नदीनाला, तालतलैयादेखि प्राकृतिक छटाका कारण पोखरा विश्वमै सुन्दर नगरीको रुपमा परिचित छ । पर्यटकीय नगरीमा पर्यटकीय गन्तव्यहरु धेरै छन् । फेवाताल, बेगनास ताल, रुपातालसहित यहाँका ९ वटै तालहरु, महेन्द्र गुफा, चमेरेगुफादेखि गुप्तेश्वर गुफासम्म, सूर्योदय अवलोकन गर्न उत्कृष्ट स्थान सराङकोटदेखि शान्ति स्तुपा अनि महादेवको मूर्ती भएको पुम्दीकोट, सेती गल्छीदेखि अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालयलगायतका पर्यटकीय गन्तव्यले पर्यटकलाई लोभ्याउने गरेको छ । पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय… पुरा पढौ

मन्त्रिपरिषदद्वारा आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

फागुन ६काठमाण्डौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले भट्टलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्,“ सरकारले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरुको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।” त्यसैगरी सरकारले सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को… पुरा पढौ

‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले जुम्ला विमानस्थलको रनवे विस्तारका लागि जग्गा अधिग्रहणलगायत विमानस्थलको स्तरोन्नतिको काम समेत अगाडि बढेको जानकारी गराए । मुलुकको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट ब्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब कर्णालीले क्षतिपूर्ति… पुरा पढौ

बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो । साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । नेकपा (एमाल)का सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरे । सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा, अर्चना

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन । सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । साथै उनले शालीनदीमा जल अभिषेक गरे। उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय… पुरा पढौ

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा । ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् । कुनै बेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् । ‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’,… पुरा पढौ

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

फागुन ४ काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो । यही फागुन ३ र ४ गते… पुरा पढौ

आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्ष ओलीको जोड

फागुन ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन् । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताए । उनले परस्परिक हित, लाभ र सामाजिक… पुरा पढौ