देश

क्यानडाविरुद्धको एक दिवसीय अन्तराष्ट्रिय श्रृङखलामा नेपाल एक खेलअघिनै विजयी

माघ २७ काठमाण्डौं । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए ।… पुरा पढौ

प्रदेश सांसद विन्दुकुमार थापाद्वारा तलब भत्ताबाट प्राप्त ११ लाख बढी रकम सामाजिक कार्यमा खर्च

पोखरा, २७ माघ । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलब भत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त गरेको तलब भत्तामा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् । उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । नेपालप्रेसयुनियन, कास्कीको समन्वयमा गरिएको… पुरा पढौ

वर्तमान गठबन्धनबाट समाजवाद आउँदैन : खनाल

पोखरा, माघ २७ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौषमी गठबन्धन भएको बताएका छन् । समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता खनालले वर्तमान सत्ता गठबन्धन आवश्यक्ताले बनेको र यो मौषमसँगै परिवर्तन हुने बताएका हुन् । वर्तमान गठबन्धनबाट समाजवाद नआउने बताउँदै उनले भने,‘यो मौषमी गठबन्धन हो । कुनै परिस्थितिमा गठबन्धन बनेपनि यसबाट समाजवाद आउँदैन । त्यसैले यो गठबन्धन मौषम परिवर्तन भएसँगै बदलिन्छ ।’ उनले कम्युनिष्टहरुबीच… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मेवारी पोखरेललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ । त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा… पुरा पढौ

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए । आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उल्लेख गर्दै उनले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए । प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो… पुरा पढौ

सभामुख घिमिरेद्वारा सोनाम ल्होसारको शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा तामाङ समुदायले मनाउने धार्मिक सांस्कृतिक महङ्खवको सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरेका हुन । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकाले नै नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ”, सन्देशमा… पुरा पढौ

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

माघ २७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष… पुरा पढौ

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

माघ २६ पोखरा । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राखे । “राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, पूर्वअर्थमन्त्री पौडेलले भने,… पुरा पढौ

भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेका हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो । यसैगरि ,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १३ सय… पुरा पढौ