देश

एनसेल प्रकरण : छानबिन समितिबाट दूरसञ्चार प्राधिकरणको अधिकारमा असर पर्दैन : प्रधानमन्त्री प्रचण्ड

पुस ३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी छलफलमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै नियामक निकायका सल्लाह, सुझाव र समन्वयमा नै समिति गठन गरिएको प्रधानमन्त्रीले जानकारी दिए । उनले पर्याप्त छलफल, बहस र साझा निष्कर्षका आधारमा समिति बनाइएको पनि जानकारी दिए । प्रधानमन्त्री… पुरा पढौ

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे । उनले भने, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन रायसुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको… पुरा पढौ

सरकार र नेकपाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह

पुस २ काठमाण्डौं । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका हुन् । मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा लगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

पुस २ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे । उनले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र… पुरा पढौ

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

पुस २ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताएका छन् । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताए । “राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही… पुरा पढौ

त्रिविमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

पुस २ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति प्रचण्डले ‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताए ।… पुरा पढौ

बैदाम प्रहरीद्वारा १९ लाख ९० हजारको चेकसहित महत्वपूर्ण कागजात बरामद

पोखरा, पुस २ प्रहरीले करीब २० लाख बराबरको चेकसहित महत्वपूर्ण कागजात बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको मोटरसाइकल गस्ती प्रहरी टोलीले पोखरा–५ मालेपाटनमा १९ लाख ९० हजारको विभिन्न चेकसहित महत्वपूर्ण कागजात भेट्टाएको हो । गस्तीका क्रममा मालेपाटन सडकखण्डको झाडीमा सेतो प्लाष्टिकको झोला भेटिएपछि खोलेर हेर्दा पोखरा–२५ हेमजाका ३८ वर्षिय भेषबहादुर विकको नाममा ग्रीन डेभलपमेन्ट बैंकको ९ लाख चालीस हजारको चेक, मुक्तिनाथ विकास बैंकको १० लाख चालीस हजारकै अर्को चेक र नेपाल ईन्भेष्टमेन्ट बैंकको १० हजारको अर्को एक… पुरा पढौ

प्रतिभाको पहिचान गर्न एन्.प्याव्सन कास्कीले ‘बृहद बाल प्रतिभा महोत्सव’ गर्ने

पोखरा, पुस २ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल –एन. प्याव्सन कास्कीले बृहद बाल प्रतिभा महोत्सव आयोजना गर्ने भएको छ । एन.प्याव्सन कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले यहि पुस ६ गतेदेखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको जनाएको हो । पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने महोत्सवमा लोकनृत्य प्रतियोगिता, एकल गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, अभिनय प्रतियोगिता र कविता वाचन प्रतियोगिता आयोजना हुने जनाइएको छ । लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई… पुरा पढौ

प्रतिभा माविमा व्यावसायिक प्रस्तुती प्रतियोगिता

पोखरा, पुस २पोखराका अगुवा व्यावसायी आनन्दराज बतासको व्यावसायिक सुत्र छ–सफल व्यावसायी बन्न अनुभव, पैसा र क्षमताले मात्र पुग्दैन, सकारात्मक सोंच पनि चाहिन्छ । सकारात्मक सोंच राख्यो भने पैसा पर्याप्त नहुँदा पनि व्यावसाय चल्ने उनको भनाई छ ।पालिखेचोकस्थित प्रतिभा माविमा व्यवस्थापन र होटल व्यवस्थापन विषय अध्ययनरत ११ र १२ कक्षा पढ्दै गरेका विद्यार्थीमाझ सोमबार व्यावसायिक अनुभव सुनाउँदै बतास समूहका अध्यक्ष बतास भन्छन, ‘सफल व्यावसायी बन्ने हो भने ‘सोंच’ मा सकारात्मकता हुनुपर्छ, त्यसो हुँदा पैसा कम हुँदा पनि पुग्छ । क्षमता र… पुरा पढौ

सङ्घीय सांसदको टोली १० दिने चीन भ्रमणमा

पुस २ काठमाण्डौं । सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली आज छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो । टोलीमा नेपाली कांग्रेस र नेकपा ९एमाले० का पाँच÷पाँच, नेकपा (माओवादी केन्द्र) का तीन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी०का एक÷एक सांसद सहभागी छन् । टोलीमा नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही,… पुरा पढौ