देश

निगमद्वारा जहाज भाडामा लिन बोलपत्र आह्वान

माघ २३ काठमाण्डौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । “निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो… पुरा पढौ

‘समुदायमा कांग्रेस’ अभियान स्थगित

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवम् पूर्वसामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको निधन भएकाले अभियान स्थगित गरेको जानकारी दिए । पूर्वमन्त्री बुढाथोकीको माघ २२ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका स्वर्गीय बुढाथोकीप्रति उच्च सम्मान प्रकट गर्दै पूर्वनिर्धारित माघ १३–२६ सम्मको ‘समुदायमा कांग्रेस’ अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित… पुरा पढौ

नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय सात बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव… पुरा पढौ

आजको मौसम यस्तो छ

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनले भने, “देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू-भागमा कुहिरो लागेको छ, आजसहित… पुरा पढौ

मौसम: पहाडी भू-भागमा आंशिक बदली

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनले भने, “देशको उच्च पहाडी तथा हिमाली भू(भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू(भागमा कुहिरो लागेको छ, आजसहित एक दुई… पुरा पढौ

सहकारी पीडितहरुले हाले रवी लामिछाने र ज्ञालेक्सी टेलिभिजनसहित १८ जनाबिरुद्ध पुरक जाहेरी

पोखरा, माघ २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवी लामिछाने र उनी संलग्न ज्ञालेक्सी फोरके टेलिभिजनसहित १८ जना व्यक्ति तथा संस्थाबिरुद्ध सहकारी ठगी मुद्धामा जाहेरी परेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेडबाट पैसा लगेर तिरेको नदेखिएको भन्दै पीडितहरुले सोमबार लामिछाने र उनी संलग्न ज्ञालेक्सी टेलिभिजनसहित १८ जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् । यसअघि तीन पटक उजुरी हाल्न गएका पीडितहरुलाई प्रहरीले विवरण नपुगेको भन्दै फर्काएका थिए । सोमबार चौथो पटक विवरण जुटाएर गएपछि मात्रै प्रहरीले जाहेरी… पुरा पढौ

नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ : अध्यक्ष ओली

माघ २२ जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् । एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जानेक्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पारे । “मस्यौदामा केही नमिलेका कुरा छन् । पीडितहरूले न्याय पाउने, अन्तर्राष्ट्रिय समुदायलाई स्वीकार्य हुने र सर्वोच्च… पुरा पढौ

पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता तालिम सम्पन्न

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देलले आवश्यक जानकारी उपलब्ध गराएका थिए । कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे । उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुुसूचित हुने भएकाले पोखरा… पुरा पढौ

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड

माघ २२ काठमाण्डौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी नेपालको २६आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताए । उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताए… पुरा पढौ

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुखको विश्वास

माघ २२ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे । सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र… पुरा पढौ