देश

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल

माघ २२ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे “सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य… पुरा पढौ

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत

माघ २२ काठमाण्डौं । राष्ट्रियसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका थिए । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गरे । यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट… पुरा पढौ

प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्यमाथि प्रश्न उठेकोमा चिन्ता, कामबाटै औचित्य पुष्टि गर्नुपर्नेमा जोड

पोखरा, माघ २२ प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाइएको छ । गण्डकी प्रदेश सभाको छैटौं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश सरकार र प्रदेश सभाले प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको औचित्य पुष्टि गर्ने जिम्मेवारी प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको भएको बताए । कस्तो कानून् निर्माण गर्ने र त्यसबाट के हाँसिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा छ,उनले भने,‘जुन चाहना… पुरा पढौ

नेप्से परिसूचक बढ्यो

यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक… पुरा पढौ

सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्यायो

काठमाडौँ । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए । अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर… पुरा पढौ

उपनिर्वाचनको मिति तोकिनुपूर्व मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नागरिकलाई… पुरा पढौ

संसद्मा सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

माघ २१ काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए । अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए । यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए ।… पुरा पढौ

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

माघ २१ काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिइसकेको छ ।… पुरा पढौ

भोलिदेखि संसद्को अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

माघ २१ काठमाण्डौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ गते सोमबारदेखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुने… पुरा पढौ

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ, सचिवमा यमनाथ

पोखरा, माघ २१ उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ (कास्की) चयन भएका छन् । महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीका पूर्व अध्यक्ष रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नया कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ । महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी),… पुरा पढौ