देश

गौशाला–२६ द्वारा साइबर ब्यूरोमा जाहेरी

पुस २६ काठमाण्डौं । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आज उजुरी दिएकी छन् । ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । गौशाला २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती छन् । काठमाडौँ जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने… पुरा पढौ

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

पुस २६ काठमाण्डौं । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा… पुरा पढौ

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

पुस २६ सर्लाही । यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ । अदालत भित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायीहरु भेला भएका थिए । अदालत भित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो… पुरा पढौ

रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु

पुस २६ प्युठान । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् । मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप… पुरा पढौ

पोखरालाई फागुन पहिलो साताभित्र पर्यटकीय राजधानी घोषणा गरिसक्न प्रदेश सरकारलाई समितिको सुझाव

पोखरा, पुस २६ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बनेको अध्ययन समितिले पोखरालाई फागुन पहिलो हप्ताभित्र पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । गण्डकी प्रदेश सरकारले बनाएको सो अध्ययन समितिले विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको प्रतिवेदनमा समयसीमा तोकेर काम गर्न सुझाउँदै फागुन पहिलो हप्तामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको हो । पर्यटनको राजधानी बनाउन आवश्यक न्यूनतम आधारहरुलाई केलाएको समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणा अघि माघ महिनाभित्रमा पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाहरुको छलफल र बैठकबाट पोखरालाई पर्यटकीय राजधानी… पुरा पढौ

जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

सन् २०२४ जनवरी १ मा जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले इशिकावालगायत आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या २१३ पुगेको स्थानीय सञ्चार माध्यामहरूले जनाएका छन् । बिहिबारसम्म भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावामा अझै ५२ जना बेपत्ता रहेको पुष्टि भएको छ । यसैगरि भूकम्पका कारण कम्तीमा ५६७ जना घाइते भएको सार्वजनिक प्रसारक एनएचके टेलीभिजनले जनाएको छ । मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक-एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्… पुरा पढौ

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो । सो… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिता: आर्मीलाई हराउँदै गण्डकी तेस्रो

सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । पहिलो सेट गण्डकीले २५–२२ अङ्कले जित्यो । दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । उक्त सेटमा आर्मी २६–२४ अङ्कले विजयी भयो । तेस्रोमा गण्डकीले २६–२४ अङ्कले बाजी मार्यो । २४–२४ अङ्कको बराबरी भएको अवस्थमा गण्डकीका स्पाइकर… पुरा पढौ

क्यानद्धारा पूर्वकप्तान लामिछाने निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताएका छन । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त… पुरा पढौ

आहा ! रारा गोल्डकप माघ ९ गतेदेखि, दुई विदेशीसहित १२ टीम सहभागि हुने

पोखरा, पुस २६ पोखराको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता माघ दोेश्रो सातादेखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ गतेदेखि २० गतेसम्म हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा यस वर्ष दुई विदेशी, दुई विभागीयसहित ८ ए डिभिजन क्लव, आयोजक र मोफसलको एक गरेर १२ टीम सहभागि हुने जनाइएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाल प्रहरी, त्रिभूवन आर्मी क्लव तथा… पुरा पढौ