देश

छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री डा महत

पुस १३ काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाण्डौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताए । उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार… पुरा पढौ

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन

पुस १३ काठमाडौं । कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य छन् । समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा… पुरा पढौ

सरकारद्वारा झुठ्ठा विवरण पेश गरी लिएका छ नागरिकता रद्द

पुस १३ काठमाण्डौं । झुठ्ठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट प्राप्त छ वटा नेपाली नागरिकताको प्रमाणपत्र सरकारले रद्द गरेको छ । यही पुस ५ र १२ गतेको मन्त्रिपरषद्को निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजहरुलाई नेपाली नागरिकबाट हटाइएको बताइन् । बैठकले नेपाल–चीन व्यापार तथा भुक्तानी सम्झौता, १९८१ लाई पुनरावलोकन तथा परिमार्जन गर्न नेपालका तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा संयुक्त प्राविधिक कार्यदल गठन गरेको छ । नेपाल विशेष सेवाको गठन, सञ्चालन र सेवाको शर्तहरु व्यवस्था गर्नेसम्बन्धी… पुरा पढौ

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

पुस १३ काठमाण्डौं । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने,“उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।” उनले मृत्यु… पुरा पढौ

बालकुमारी घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

पुस १३ काठमाण्डौं । नेकपा (एमाले)ले ललितपुरको बालकुमारी घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । कोरिया भाषा परीक्षा इपिएसको विषयलाई लिएर बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको र केही घाइते भएका थिए । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त घटनाप्रति दुःख व्यक्त गरेका… पुरा पढौ

बलात्कार आरोपमा सन्दिप लामिछाने दोषी ठहर

काठमाण्डौं । जिल्ल अदालत काठमाण्डौंले क्रिकेटर सन्दीप लामिछानेलाई बालात्कारको आरोपमा दोषी ठहर गरेको छ । शुक्रबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेविरुद्धको नाबालिक बलात्कारको आरोप पुष्टि हुने फैसला गरेको हो । २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको… पुरा पढौ

सहकारीमा लुट : कास्कीका पाँच सहकारी डुब्दा ३ हजार ६ सय बचतकर्ता बिचल्लीमा

पोखरा, पुस १३ कास्कीका पाँच सहकारी डुब्दा करीब ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्र मिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा बचतकर्ताहरुको २ अर्ब ८३ करोड ३७ लाख ७१ ह्जार रुपैयाँ जोखिममा परेको हो । डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जना बचतकर्ता बिचल्लीमा परेका छन् । सहकारी सञ्चालकले सहकारी ऐन… पुरा पढौ

रेकर्ड बनाएको सुनको भाउ आज घट्यो, कतिमा हुदैँछ कारोवार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँका कारोबार भैरहेको जनाएको छ । यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । पुरा पढौ

पोखरा सडक महोत्सवको भव्य शुरुवात

पोखरा, पुस १२ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजदेखि अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सव शुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरा सडक महोत्सवको २५ औं श्रृंखला आज भव्य रुपमा शुरु भएको हो । जनवरी एक अर्थात पुस १६ गतेसम्म हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटनअघि झाँकीसहितको रयाली निकालिएको थियो । ¥यालीमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोलीहरु सहभागि थिए । ¥यालीमा चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक… पुरा पढौ

पोखरामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ

पोखरा, पुस १२ पोखरामा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पोखरा म्याग्दी जिल्ला धौलागिरी–७ ताकम घर भई हाल पोखरा–२९ नौबिसे बस्ने ३६ वर्षिय रत्नबहादुर घर्ती पक्राउ परेका हुन् । घर्तीले आफ्नै श्रीमती रेखा घर्तिको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ । आरोपित घर्तीलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । पुरा पढौ