पोखरा, पुस १७ प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा पोखरामा पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने जनाइएको छ । संघको आयोजनामा यसअघि पाचौं श्रृङ्खलासम्म राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनी भइसकेका…
पुरा पढौ