देश

परराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा

मंसिर २८ काठमाण्डौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला भएकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । रासस पुरा पढौ

चार महिनामा भित्रियो रु. चार खर्ब ७७ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको चार महिनामा रु. चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको रेमिट्यान्स मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलब एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब आठ प्रतिशतले… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो । बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार राजधानी घोषणाका लागि आवश्यक… पुरा पढौ

सुनको भाउ फेरि उकालो लाग्यो , एकैदिन २८ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसनर आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । यसैगरि, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ… पुरा पढौ

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए । सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो । प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट… पुरा पढौ

आजको मौसम: चिसो बढ्ने, तत्काल पानी नपर्ने

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा… पुरा पढौ

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

मंसिर २७ काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए । “प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि… पुरा पढौ

तमु युवा ह्यूल छोँज धीँको उद्घोष : पहिचानसहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष

पोखरा, मंसिर २७ तमु युवा ह्यूल छोँज धीँले पहिचानसहित स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ । तमु ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदको युवा संस्था तमु युवा ह्यूल छोँज धीँले पहिचानसहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष जारी राख्ने जनाएको हो । तमु युवा ह्यूल छोँज धीँको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले गण्डकी प्रदेशलाई तमुवान प्रदेश बनाउनेसहित १५ बुँदे ईलाम घोषणा पत्र–२०८० जारी गरेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । तमु युवा ह्यूल छोँज धीँले… पुरा पढौ

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

मंसिर २६ काठमाण्डौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् । यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको… पुरा पढौ

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचकमा… पुरा पढौ