देश

यु–१९ एसिया कपको क्रिकेट प्रतियोगिता अन्र्तगत नेपाल भारतसँग पराजित

मंसिर २६ काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९ं)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले… पुरा पढौ

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री डा महत

मंसिर २५ पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताएका छन् । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा महतले भने, “नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।” लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे… पुरा पढौ

धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम चिर्नूस् : मन्त्री गुरुङ

मंसिर २५ चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताएका छन् । नेपाल बार एसोसिएसनका ४९औँ कार्यकारिणी परिषद् बैठकलाई आज सौराहामा सम्बोधन गर्दै उनले अधिवक्ताहरुले न्याय दिनका लागि पारिश्रमिकबापत ठूलो रकम माग गर्ने गरेको गुनासो आएकाले यसतर्फ ध्यान दिन बारलाई अनुरोध गरेका छन् । उनले भने, “एउटै बहसमा लाखौँ लिने गरेको गुनासो आएका छन्, यसलाई सुधार गर्नूस् । धेरै पैसा लिँदैमा न्याय दिन सकिन्छ… पुरा पढौ

एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

मंसिर २५ दोलखा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो । एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले… पुरा पढौ

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गदै उनले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री हुनुभन्दा पहिलादेखि नै आफू निरन्तर लाग्दै आएको मन्त्री बस्नेतले बताए । “शिक्षा १० कक्षासम्म निःशुल्क गर्नुपर्छ भनेर जोड दिदैआएको हुँ”, उनले भने, “यही सरकारले कक्षा १२ सम्म विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्छ ।” आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका सबै स्थानीय तहले कक्षा १२… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुनसकेन । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४१ मा सीमित भएको छ । कूल एक करोड ४६ लाख ९८ हजार पाँच… पुरा पढौ

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

मंसिर २४ काठमाण्डौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त न्यून भएको छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तानको भने यो पहिलो जित हो । यसअघि भएको पहिलो… पुरा पढौ

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

मंसिर २४ काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आज आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याए । “अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ”, अध्यक्ष ओलीले भने । उनले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढङ्गले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न… पुरा पढौ

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध

दमौली । नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो । नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्ने उनले विश्वास व्यक्त गरे । नगरप्रमुख न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकासका सम्बन्धमा विज्ञहरुसँग पटक–पटक छलफल… पुरा पढौ

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ । आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच… पुरा पढौ