देश

पोखरामा जुवा खेल्दै गरेका १६ जना ५ लाख भन्दा बढी रकमसहित पक्राउ

पोखरा पोखरामा जुवा खेलिरहेका १६ जना नगद ५ लाख भन्दा बढी रकमसहित पक्राउ परेका छन् । मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के।सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलिरहेका उनीहरुलाई नगद ५ लाख ५ हजार ६५ रुपैयाँसहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा ३३ भरतपोखरीका ३८ वर्षिय सन्तोष… पुरा पढौ

गण्डकी सरकारले बनायो पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति

पोखरा, मंसिर १२ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको छ । पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दुई पटक सिफारिस गरेको गण्डकी सरकारले बल्ल आएर अध्ययन समिति बनाएको हो । यसअघि पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा गरेर दुई पटक संघ सरकारलाई सिफारिस गरिएको थियो । पहिलो पटक सिफारिस पठाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए भने दोश्रो पटक पठाउँमा नेपाली… पुरा पढौ

राष्ट्रिय माविले हीरक जयन्ती मनाउँदै, मंसिर २० गते उद्घाटन

पोखरा, १० मंसिर पोखराको पुरानो विद्यालय मध्येको एक राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । पोखरा(१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविले स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने भएको हो । एक वर्षसम्म मनाउने घोषणा गरेको राष्ट्रिय माविले यहि मंसिर २० गते हीरक जयन्तीको उद्घाटन गर्ने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । विद्यालयको ७५ औं स्थापना दिवसको अवसर पारेर सो दिन प्रभातफेरी र हीरक जयन्तीको उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय मावि विद्यालय व्यवस्थापन… पुरा पढौ

सुनको मूल्य अहिले सम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य… पुरा पढौ

‘गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर काम गरौँ’ : पूर्व प्रधानन्यायधीश श्रेष्ठ

मंसिर ११ काठमाण्डौं । पूर्व प्रधानन्यायधीश कल्याणकुमार श्रेष्ठले गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर यौन हिंसा पीडितको समाचार सङ्कलन एवं प्रकाशन गरिनुपर्नेमा जोड दिएका छन् । यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा ध्यान दिनुपर्ने विषयमा आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोपनीयता व्यक्तिगत स्वायत्तता र सम्मानको विषय भएकाले यसको सम्मान गरिनुपर्ने बताए । महिलाको गोपनीयता अरुभन्दा संवेदनशील हुने भएकाले यस विषयमा ध्यान दिन पूर्व प्रधानन्यायधीश श्रेष्ठले सञ्चारकर्मीलाई सुझाव दिए । “दोषी प्रमाणित… पुरा पढौ

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन मङ्सिर १३ गते दुबई प्रस्थान गर्दै

मंसिर ११ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर… पुरा पढौ

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

मंसिर ११ नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, “पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।” सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा… पुरा पढौ

केही दिनभित्रै सुकुम्बासी समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

मंसिर ११ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीले बताए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधामन्त्री दाहालले सुकुम्वासी समस्या हल हुने दाबी गरे । उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिए । “सुकुम्वासी, अव्यवस्थित बसोबासको समस्या हल गर्न ऐन… पुरा पढौ

सुवेदीका फार्ममा एक किलो बढीका ड्रागन

भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए । आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्को फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पु¥याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।” सुवेदीले एक हेक्टर… पुरा पढौ

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप उपलब्ध गराउने

सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए । महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन… पुरा पढौ