देश

विश्वकप छनोट : नेपालले भोलि यमनको सामना गर्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स ९युएई० विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग… पुरा पढौ

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । तिहार र छठपछि आज खुलेको शेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ । आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा रू एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन… पुरा पढौ

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको… पुरा पढौ

तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी

दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९र८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । त्यसमध्ये स्थिर पुँजी रू ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालु पुँजी रू ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज… पुरा पढौ

नेपाल औषधि व्यावसायी कास्कीको वरिष्ठ उपाध्यक्षमा सन्तोष पराजुलीको उमेदवारी

पोखरा, मंसिर ४ नेपाल औषधी व्यवासायी संघ कास्कीको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिएका छन् । संघको यहि मंसिर ८ र ९ गते पोखरामा हुन गइरहेको अधिवेशनमा पराजुलीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उम्मेदवार पराजुली युवा व्यवसायी हुन् भने उनी औषधी व्यवसायीमाझ लोकप्रिय छन् । असल, सरल र सहयोगी व्यवसायीका रुपमा परिचय बनाएका पराजुलीले फिस्टेल फार्मेसी प्रा.लि सञ्चालन गर्दै आएका छन् । उनले फिस्टेलबाहेक पुकार मेडिसेल्स, समीक्षा मेडिसेल्स, माई सर्जिकेम, सहारा फार्मेसी, तालवाराही फार्मेसी र सफलता… पुरा पढौ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा,… पुरा पढौ

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् । बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चिताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम… पुरा पढौ

हिमाली भू–भागमा हल्का हिमपातको सम्भवाना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौँको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा… पुरा पढौ

छैटौं पटक अष्ट्रेलियालाई आईसिसी एकदिवसीय विश्वकपको उपाधि

मङ्सिर ३ काठमाण्डौं । अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि जितेको छ । आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि चुमेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार भारतले प्रस्तुत गरेको दुई सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले चार विकेटको क्षतिमा ४३ ओभरमा पूरा ग¥यो । अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले । उनलाई मार्नुस लबुसेनले साथ दिए । लबुसेनले अविजित ५८ रन बनाए । साथै मिचेल मार्सले १५ र डिभेड… पुरा पढौ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

पोखरा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ। मधेसका जिल्लाहरूमा ग्रामीण भेगदेखि सहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ । तराई–मधेसलगायत पोखरा, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । ब्रतालुहरू आज पानीसमेत नखाइकन निराहार व्रत बसेका छन् । छठको मुख्य दिन आज नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिइन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो… पुरा पढौ