देश

इलाम अपडेट : एक बालकको मृत्यु ३५ घाइते 

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ घाइते भका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लामाको रुखमा अड्किएर मृत्यु भएको बताईएको छ । अहिले घाइतेहरुलाई झापाको बिएण्डसी अस्पताल पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बसमा सवार ३७ मध्ये ३६ यात्रु दुर्घटनामा घाइते भएका हुन् । धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख… पुरा पढौ

विद्यार्थी बोकेको बस इलाममा दुर्घटना, ३७ जना घाइते

मंसिर ३ इलाम । इलाममा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । धनुषाको धारापानीबाट इलाम घुम्न गएको विद्यार्थीको टोली बोकेको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिकाको किटेनीमा दुर्घटना भएको हो । कन्यामबाट धनुषा फर्कने क्रममा मेची राजमार्गमा पर्ने इलामको किटेनीस्थित लसुनेमा भीरबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ३७ जनाकै उद्धार गरी नजिकका अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले जानकारी दिए । पुरा पढौ

राष्ट्रिय आर्थिक बहसका लागि महासङ्घद्वारा सुझाव माग

मङ्सिर ३ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सदस्यहरूसमक्ष विद्यमान आर्थिक सङ्कटका समाधानका लागि सुझाव माग गरेको छ । विद्यमान सङ्कट समाधानका उपायहरू खोज्ने क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घले अघि सारेको राष्ट्रिय आर्थिक बहसको शृङ्खलाअन्तर्गत महासङ्घले सुझाव मागेको हो । महासङ्घको तेस्रो कार्यकारिणी बैठकले प्रस्ताव गरेअनुसार विद्यमान आर्थिक सङ्घटको समाधानका उपाय खोज्ने क्रममा गत असोज २५ गते सरोकारवाला सबै सम्मिलित राष्ट्रिय आर्थिक बहस सम्पन्न गरेको थियो । काठमाडौँमा सम्पन्न सो बैठकमा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीले अध्यक्षता गर्ने गरी उच्चस्तरीय… पुरा पढौ

भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रका तीन हजार स्वयंसेवक

मङ्सिर ३ कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । पार्टी निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । उनले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय… पुरा पढौ

राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा

मङ्सिर ३ काठमाणडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठपर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठीमाताको पूजाअर्चन भइरहेको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार जितेन्द्र झाले जानकारी दिए ।… पुरा पढौ

माओवादी र समाजवादीबीच एकता प्रक्रियालाई गति दिने निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् । बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्तरुपमा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ । समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल… पुरा पढौ

आठ वर्षमा पनि निर्माण सकिएन् कालीगण्डकी नदीमा मोटेरबल पुल

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–३ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमा मोटेरबल पुल निर्माण थालिएको आठ वर्षसम्म पनि सम्पन्न भएको छैन । पुल निर्माण थालिएपछि तरकारी, आलु र किबीलगायत खेती गरेका कुञ्जो, ताउलुङ, टिटी, देउरालीका एक सय ५० भन्दा बढी घरधुरीका किसान खुसी भएका थिए । पुल बन्ने भनेर व्यावसायिक खेती थालेका यहाँका किसान अहिले निराश भएका छन् । “पुल बन्ला भनेर आलु, बन्दा, काउली, जागर, किबी लगाएका थियौँ,” कुञ्जोकी नन्दकुमारी तुलाचनले भने, “पुल नबन्दा उत्पादन गरेका तरकारी… पुरा पढौ

चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो

काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । एक सय १६… पुरा पढौ

छठ पर्व उल्लासपूर्वक मनाइँदै

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू… पुरा पढौ

अस्थिरता ल्याउने शक्तिविरुद्ध प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल

मङ्सिर २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य नहुने बताउँदै… पुरा पढौ