देश

एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार

कार्तिक ४ काठमाण्डौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो । सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताए । अध्यक्ष… पुरा पढौ

बडा दशैंको अवसरमा टुँडिखेलमा फूलपाती बढाइँ

कार्तिक ४ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल… पुरा पढौ

जापानलाई पराजित गर्दै नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा

कार्तिक ४ काठमाण्डौं । उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा आज भएको सेमिफाइनल नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ । नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो… पुरा पढौ

पोखरा सिटी रेवान कास्कीले गर्‍यो शुभकामना आदानप्रदान

कात्तिक ४ पोखरा । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीले बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा सिटी रेवानले आफ्ना पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुबीच शुभकामना आदानप्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सांगठनिक उपाध्यक्ष तथा पोखरा सिटी रेवान कास्कीका पूर्व अध्यक्ष एवम् सल्लाहकार केपी पाध्याले नेपालीको मौलिक चाडहरुले आपसमा सद्भाव कायम गर्न उद्धत पुग्ने बताए । पोखरा सिटी रेवानका… पुरा पढौ

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार… पुरा पढौ

दसैँमा पोखराबाट बाहिरिने यात्रु घटे

विगतका वर्षहरूमा दसैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको सङ्ख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष सो समस्या छैन । गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन् । पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दसैँमा पोखरा छाड्नेहरू न्यून रहेको… पुरा पढौ

गोरखाबाट फूलपातीसहितको डोली काठमाडौँ पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् । फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ । गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले… पुरा पढौ

मन्त्री किरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

कार्तिक ३ काठमाण्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् । खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । मन्त्री किराँतीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरे । गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत… पुरा पढौ

‘दसैँ नेपालीको साझा चाड’ : अध्यक्ष ओली

कार्तिक ३ झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताएका छन् । बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताए । अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गरे । उनले… पुरा पढौ

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडी बढाइएको छ : मन्त्री बस्नेत

कार्तिक ३ काठमाण्डौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको… पुरा पढौ