देश

अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ । पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । प्रतितोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान… पुरा पढौ

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए । यस… पुरा पढौ

सूचनाको हकलाई तल्लो तहसम्म पु¥याउन राष्ट्रिय सम्मेलन

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पु¥याउन आज यहाँ एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्मेलन आयोजना गरिएको महासङ्घले जनाएको छ । देशभर सुचनाको हकको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौँ उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सम्मेलनमा सहभागीता रहेको छ । नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली… पुरा पढौ

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

असोज १० चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताएका छन् । आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

असोज १० ल्हासा । चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन भ्रमण गरेका छन् । समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसङ्घीय सैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो । पोताला दरबार एतिहासिक एवं तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुन्द्री सतहबाट सबैभन्दा माथि… पुरा पढौ

एमाले बागमती प्रदेश निर्वाचनमा पाँच जनाको उम्मेदवारी

असोज १० पोखरा । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए ।उम्मेदवारीको अन्तिम नामावली प्रकाशन र फिर्ताको प्रक्रिया पूरा भएपछि बिहीबार मतदान हुने कार्यक्रम छ । सो कमिटीका लागि अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने

पोखरा, असोज १० पोखरामा यहि असोज १२ र १३ गते हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा २१ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक पोखरा सांगीतिक कलाकार संघले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा १८ कलेजका २१ टिमले सहभागिता जनाउने जानकारी दिएको हो । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी… पुरा पढौ

साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६(५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु-१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल… पुरा पढौ