देश

आजको मौसम: गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका… पुरा पढौ

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टििङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए । यसैगरी अघिल्लो आव २०७९÷०८० मा छ जनाले यो सेवा लिएका थिए । प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली… पुरा पढौ

एमाले गण्डकीको अधिवेशन भोलि, अध्यक्षमा आधा दर्जन आकांक्षी, प्यानल बनाएर चुनाव लड्न बन्देज

पोखरा, असोज १४ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा शुरु हुँदैछ । देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले गण्डकीले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अधिवेशनको उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट ¥याली निकाल्ने जनाएको छ । एमाले गण्डकीले हस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट गरेर चार स्थानबाट ¥याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत… पुरा पढौ

प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता,राति १२ बजेदेखि पहिलेकै मुल्य लागु हुने

काठमाडौँ । प्रधानमन्त्रीको पुष्पकमल दालहालको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने… पुरा पढौ

पोखरा लिङ्कन कलेजले जित्यो ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि

पोखरा, असोज १३ प्रथम ईन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद… पुरा पढौ

शरदयाममा धौलागिरि हिमाल आरोहण सुुरु

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट टे«क्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो । शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए । रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल… पुरा पढौ

नेपालमा यस वर्षको मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल… पुरा पढौ

यामाहाले गर्‍यो पोखरामा एएसपी र स्पेयर पार्ट्स भेटघाट कार्यक्रम

पोखरा । यामाहाको नेपाल स्थित आधिकारिक बिक्रेता एम ए डब्लुले एएसपी र स्पेयर पार्ट्स मीट गरेको छ । असोज १० र ११ गरी २ दिनको कार्यक्रम मनोरम सहर पोखरामा गरिएको हो । दुई दिन सन्चालित यस विशेष कार्यक्रममा सबै यामाहाका एएसपी संचालक र स्पेयर पार्ट्स प्रदायकहरू निमन्त्रणा गरिएको थियो । जसमा एएसपीबाट १२० र स्पेयर पार्ट्स बाट १४० गरी २६० जनाको उपस्थिती रहेको थियो । एम ए डब्लुका सिईओ राजु छेत्री समेतको उपस्थिती रहेको उक्त दुई दिनको कार्यक्रममा नेटवर्किङ, ज्ञान… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त

पोखरा, असोज १२ पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती… पुरा पढौ