दमौली । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन गरिएको छ । भिमाद नगरपालिका–५ बाँदरकुना, वान्ताङीतार, फेदीखोला, जलविरेलगायतका क्षेत्रमा पर्ने ऐलानी जग्गाको पहिचानका लागि उपसमिति गठन गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा नगरपालिकाका अधिकृत, नापी कार्यालयका सर्वेक्षक, तनहुँ हाइड्रोपावर लिमिटेडका सहायक निर्देशक सदस्य र तनहुँ हाइड्रोपावर लिमिटेडका…
पुरा पढौ