देश

सरकार र शिक्षक महासङ्घबीच ७ बुँदे सहमति

असोज ५ काठमाण्डौं । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् । मन्त्री शर्माले… पुरा पढौ

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ

“विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य” श्रीमान् अध्यक्षज्यू,महामहिमज्यूहरु,विशिष्ट प्रतिनिधिज्यूहरु सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु । त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको सवलीकरण र बहुपक्षीयताको प्रवद्र्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटरेसप्रति गहिरो प्रशंसा व्यक्त गर्दछु । विशेषगरी विश्वास र सहकार्यको प्रवाहमा खडेरी परेको र विश्वासको सङ्कटले संसारभरि प्रभुत्व स्थापित गरिरहेको आजको सन्दर्भमा ‘विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःप्रकाश’… पुरा पढौ

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि गुनासो गर्ने बढे

सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठजना मनोनित

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम आज आठ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन । मनोनित हुनुहुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्रकान्त भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई मनोयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी… पुरा पढौ

नेप्से परिसूचकमा उत्साहजनक वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको… पुरा पढौ

हुम्लामा कोदो महोत्सव हुने

हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो । जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको… पुरा पढौ

भ्रष्टाचारबिरुद्ध डि–मर्चाको आक्रोस : ‘भ्रष्टाचारीलाई किरा परोस्’

पोखरा, असोज ३ पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् । गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा… पुरा पढौ

अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’, ‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाउ’, ‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेउ’, ‘सत्य निरुपण गरी पीडितलाई न्याय देउ’ लगायतका प्लेकार्डसहित अपिल गरेका थिए । प्रदर्शनपछि शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले द्वन्द्वमा बाल सैन्य प्रयोग हुनुका साथै गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना भएका प्रमाणित भइसकेकाले त्यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।… पुरा पढौ

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

असोज ३ न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् । परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् । रासस पुरा पढौ

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

असोज ३ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे । उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए । उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिए । “अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ”, मन्त्री बस्नेतले भने, “चार भागमा एक… पुरा पढौ