देश

आजको मौसम: गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भवना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।… पुरा पढौ

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।” गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ ।… पुरा पढौ

तस्करको गोदामामा भैरहवा भन्सारको छापा,२० लाख भन्दा बढिको कपडा बरामद

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ । भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार… पुरा पढौ

शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बोर्डको साङ्गठनिक संरचना र कर्मचारी व्यवस्थापनमा समेत व्यापक हेरफेर गरेको छ । बोर्डअन्तर्गतका कर्मचारी सङ्घ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आज… पुरा पढौ

अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट

भरतपुर । चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए । “बिलमा नवलपरासी ९बर्दघाट–सुस्तापश्चिम० प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन”, उनले भने, “भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ… पुरा पढौ

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

असोज १ काठमाण्डौं । राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ… पुरा पढौ

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्नुपर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन हुने खालका योजना मात्रै दोस्रो पञ्चवर्षीय योजनामा समेट्नुपर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगको आजको बैठकमा आयोगका अध्यक्ष एवम् मुख्यमन्त्री पाण्डेले बसाइँसराइँ रोक्ने, उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने गरी दोस्रो पञ्चवर्षीय योजना बनाउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले चालु वर्ष दोस्रो पञ्चवर्षीय योजना ९२०८०र८१–२०८५र८६० निर्माण गर्न लागेको छ । बैठकले आयोगले तयार गरेको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पारित गरेको छ । ‘आत्मनिर्भर र समुन्नत… पुरा पढौ

नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो । आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद(बिक्री हुँदा रू दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ । सबै समूहको… पुरा पढौ

पोखरामा नेपालकै सर्वाधिक राशीको खुला फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख

असोज २७ देखि ३० गतेसम्म प्रतियोगिता हुनेपोखरा । पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए । यसअघि सम्पन्न… पुरा पढौ