देश

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छ : राष्ट्रपति पौडेल

असोज ३ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, “कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि… पुरा पढौ

भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत

असोज ३ पोखरा । पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् । गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने… पुरा पढौ

विज्ञान र गणितका शिक्षक अभाव,चार महिनादेखि शिक्षक नहुँदा पठनपाठन प्रभावित

अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए । राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ । शीतगङ्गा नगरपालिका–९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन् । नगरपालिकाको… पुरा पढौ

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यविन्दु नगरपालिका–७ की माया न्यौपानेले बताए। “आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उनले भने,… पुरा पढौ

गुल्मीमा करिब चार सय किशोरी आमा बने

गुल्मी । गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उनका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने र १९ वर्षमै दुई सन्तान जन्माइसकेमा हुन्छन् । बीस वर्ष उमेर नपुग्दै विवाह गरेका कारण विवाह दर्ता गराउन पनि नमिल्ने उनको भनाइ छ… पुरा पढौ

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै श्रेष्ठ

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन्। उनले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन्। उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन् । उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पाल्नुभएको छ भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन। करिव रोपनी क्षेत्र फलमा फैलिएको उनले फार्ममा हालसम्म रु ७० लाख… पुरा पढौ

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताएका छन । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशमा नेपाली हस्तकलाको माग र पहिचान राम्रो छ भने । “हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्छ । यसमा परिवार,… पुरा पढौ

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो । गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुन चाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यसैगरि, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

गण्डकी सरकारलाई आम नागरिकसामु देख्न, छुन र अनुभव गर्न सक्ने अवस्थामा उभ्याएका छौं : मुख्यमन्त्री पाण्डे

पोखरा, असोज ३ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई देखाएर जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् । जनतामा देखिएका केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर यो संविधान माथि प्रहार गर्ने चेष्टापनि यदाकदा देखिन थालेको छ,उनले भने,‘जनताको बलिदानबाट प्राप्त गरिएको संविधानलाई उल्टाएर अहिले प्राप्त… पुरा पढौ