देश

गण्डकी सरकारलाई आम नागरिकसामु देख्न, छुन र अनुभव गर्न सक्ने अवस्थामा उभ्याएका छौं : मुख्यमन्त्री पाण्डे

पोखरा, असोज ३ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर संविधानमाथि प्रहार गर्नेबिरुद्ध मिलेर लड्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा रहेको केहि निराशा र असन्तुष्टीलाई देखाएर जनताको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् । जनतामा देखिएका केहि निराशा र असन्तुष्टीलाई प्रयोग गरेर यो संविधान माथि प्रहार गर्ने चेष्टापनि यदाकदा देखिन थालेको छ,उनले भने,‘जनताको बलिदानबाट प्राप्त गरिएको संविधानलाई उल्टाएर अहिले प्राप्त… पुरा पढौ

सरकार सुशासनका पक्षमा दह्रोसँग उभिन नसक्दा समाज भ्रष्टिकरणतर्फ उन्मुख हुने हो कि भन्ने चिन्ता बढ्यो : प्रदेश प्रमुख

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सुशासनका पक्षमा दह्रोसँग उभिन नसक्दा समाज भ्रष्टिकरणतर्फ उन्मुख हुने हो कि भन्ने चिन्ता बढेको बताएका छन् । गण्डकी प्रदेश सरकारले संविधान दिवस–२०८० को अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सुशासनलाई पहिलो प्राथमिकतामा राखेर चुनौतिलाई समाधान गर्न नसके संघीयता र शान्तिको चाहना पूरा हुन नसक्ने तथा परिवर्तन विरोधीहरुले चलखेल गर्ने मौका पाउने उनको भनाई छ । गण्डकी प्रदेश प्रमुख गुरुङले संविधानको रक्षा र यसको कार्यान्वयनमा राजनीतिक दलहरुले ईमान्दार प्रयास… पुरा पढौ

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका उल्लेख गरे । “कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्”, उनले भने, “त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई… पुरा पढौ

संविधान दिवस: आजको दिन ऐतिहासिक महत्वको-उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहेका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकि छिन । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरिन । “जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनिहरूको योगदानको… पुरा पढौ

स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको राष्ट्रपति पौडेलद्वारा अनावरण

असोज २ भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गरेका हुन् ।राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताए । सारा नेपालीले नेता मानेको एक… पुरा पढौ

मनाइयो गणेश चतुर्थी पर्व

असोज २ काठमाण्डौं । प्रथम पूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने… पुरा पढौ

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

असोज २ काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पारे । उनले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने… पुरा पढौ

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० जनाको कैद माफी मिनाहा

असोज २ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उनले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन र व्यापार समूहको… पुरा पढौ

राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकीलाई

पोखरा । पोखराको लामाचौरमा आज सम्पन्न भएको राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले हात पारेको छ । गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट… पुरा पढौ