देश

तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिए । उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा पुर्‍याउने कुरामा… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेको हो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने

पोखरा, भदौ ७ पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो । तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो… पुरा पढौ

श्रम आप्रवासन र कूटनीतिक नियोगको भूमिकाबारे छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार र मङ्गलबार हुने छलफलका लागि गन्तव्य देशका राजदूत र नियोग प्रमुख काठमाडौँ आइसकेका छन । प्रधानमन्त्री दाहालले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका हुन। प्रधानमन्त्री दाहालको अध्यक्षतामा हुने सो छलफल श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भुमिकाका विषयमा… पुरा पढौ

जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे। “हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर र अब पनि हामी यस्तो कदापी हुनदिने छैनौँ”, प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने । सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन… पुरा पढौ

सुन-चाँदीको मूल्य घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ९०० रुपैयाँ छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरि, आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु

हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्राउने बताए । “हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै… पुरा पढौ

नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया: चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन । बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू थिए । छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका… पुरा पढौ

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ: स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताए । उनले भने, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ… पुरा पढौ

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, विपी साहित्य महोत्सव आजदेखि

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महामानव विपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘विपी साहित्य महोत्सव’ हुन लागेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ विपी जन्मजयन्तीका अवसरमा… पुरा पढौ