काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए । “सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उनले भने । उनले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिए।…
पुरा पढौ