देश

विश्व आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन। आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ । मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि… पुरा पढौ

आजको मौसम: देशभर सामान्य बदली

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ । पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने… पुरा पढौ

महिला आफै प्रतिवद्ध बन्न् पर्छ: कांग्रेस नेतृ थपलिया

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलियाले घर, समाज र राजनीतिलाई महिला स्वयंले सम्हाल्नु पर्ने बताएकी छिन् । चेतनास्तर बृद्धि गर्न महिलाले ३ सत्ता पारिवारिक, सामाजिक र राज्य सत्तामा पहुँच बढाउन सुझाव दिइन् । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौ वार्षिक साधारण भेला तथा तीज विशेष कार्यक्रमको प्रमुख अतिथि थपलियाले परिपक्क परिवर्तन गर्न सवै समस्यालाई पन्छाएर नेपाली कांग्रेसले आन्तरिक राजनीतिक जीवन सञ्चालन गरेको बताइन् । समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षतामा भएको सभामा नेतृ थपलियाले समाज परिवर्तनको लागि… पुरा पढौ

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहँुदै उहाँले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताउनुभयो । “गण्डकी प्रदेशभित्रका सबै क्षेत्रमा समानुपातिक ढङ्गबाट विकास अगाडि बढाउन सकियोस् भन्ने प्रदेश सरकारको चाहना छ”, उहाँले भन्नुभयो, “त्यसका लागि आर्थिक समृद्धिको नयाँ सम्भावना खोल्न सकियोस् भन्ने कुरामा सरकारले सकारात्मक र इमान्दारितापूर्वक प्रत्यत्न गरिरहेको छ ।” नेपाली… पुरा पढौ

‘नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुहोस्’ : मुख्य सचिव डा अर्यालल

भदौ २२ काठमाण्डौं । सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्यालले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी र भ्रष्टारमुक्त बनाउँदै नागरिकलाई प्रत्यक्ष सुशासनको प्रत्याभूति दिलाउने गरी प्राथमिकताका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा मुख्य सचिव अर्यालले मुलुकको प्रशासनिक संयन्त्रलाई सक्षम, गतिशील र परिणाममुखी बनाउन निजामती सेवाभित्र रहेका समस्याको उचित समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । मूल समारोह समितिका अध्यक्षसमेत रहेका उनले भने, “परिवर्तित शासकीय संरचनाअनुरुप आफूलाई परिमार्जन र… पुरा पढौ

सुन तस्करी प्रकरणः थप एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत रहेका सर्राफलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गए राति पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागको टोलीले गएको गत साउन ३ गते उक्त सुन बरामद गरेको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको प्रहरीले… पुरा पढौ

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ । यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ । नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५… पुरा पढौ

नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व हो : प्रधानमन्त्री प्रचण्ड

भदौ २१ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरू सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । उनले सरकार सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको र आवश्यक पहल गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले आवश्यक सबै उपायको… पुरा पढौ

यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन

भदौ २१ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन नेपाल सरकारलाई निर्देश (रुलिङ) गरेका छन् । आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन गरेका हुन् । रासस पुरा पढौ

क्रिकेटर लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

भदौ २१ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रू २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा… पुरा पढौ