देश

मुगु जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

साउन ३० मुगु । मुगुमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए। घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड-२… पुरा पढौ

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ : कांग्रेस

साउन २९ काठमाण्डौं । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ । कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्की बरामद गरिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यस्ता घटना विगतमा पनि भएको र पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै त्यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरूपले नियन्त्रण हुनु पर्ने माग… पुरा पढौ

एक क्विन्टल सुन प्रकरण : ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल मात्रै

साउन २९ काठमाण्डौं । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । उनका अनुसार भोलि बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । महाशाखा प्रमुख आचार्यले एक दिन… पुरा पढौ

सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल

साउन २९ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन् । पार्टीको बागमती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका सन्दर्भमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे । उनले भने, “सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रुपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेथिती देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।” प्रधानमन्त्रीले आफूहरु सही बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचारसम्बन्धी… पुरा पढौ

उपराष्ट्रपति यादव चीन प्रस्थान

साउन २९ काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गरे । चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ गतेदेखि भदौ… पुरा पढौ

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

साउन २९ काठमाण्डौं । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेश भदौ १६ र १७ गते, मधेस प्रदेशको असोज ५ र ६ गते, बागमती प्रदेशको असोज ८ र ९ गते, कर्णाली प्रदेशको असोज १० र ११ गते, कोशी प्रदेशको असोज १२ र १३ गते अधिवेशन गर्ने निर्णय गरिएको… पुरा पढौ

प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराए । तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो ।… पुरा पढौ

न्यून अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ… पुरा पढौ

मोती पाइन सक्छ पोखराका तालमा

तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो । सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले जानकारी दिए। अनुसन्धानको सफलतासँगै अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपीको खेती गर्नसक्ने पुष्टि भएको उनले बताए । प्रमुख हुसेनले मोति गरगहनाका साथै विभिन्न… पुरा पढौ

वर्षा अझै केही दिन: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । आज पाँचथर, इलाम,… पुरा पढौ