देश

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोेबार ? हेर्नुहोस

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतवार हिजो सुनको भाउ स्थिर रहेको थियो । यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर छ । हिजो अस्तिको जस्तै चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकि हुन । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।… पुरा पढौ

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : डा भट्टराई

साउन २८ कैलाली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रुपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताए । “उच्च पदस्थहरुबाटै पनि धेरै ठूला भ्रष्टाचार भएका छन् । ती सबै तथ्य अझै बाहिर आउन सकेका छैनन् ।”, उनले भने, “दोषी कोही छुट्नु हुँदैन ।… पुरा पढौ

अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत

साउन २८ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन् । विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा आज आयोजित अन्तरक्रियामा उनले भने, “पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ ।” सो निःशुल्क व्यवस्था लागु भएको दुई÷तीन महिनाको अवधिमा सयौँ बिरामीले… पुरा पढौ

जनमत पार्टीकी अनिता देवीले भोलि पद तथा गोपनीयताको शपथ लिने

साउन २८ काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउँदै जनमतलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो । जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने… पुरा पढौ

सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

साउन २८ काठमाण्डौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ ।सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता शेयर ९५ हजार नौ सय ६५ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ बराबरको कारोबार भएको छ । वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त… पुरा पढौ

सुन तस्करी छानबिन गर्न न्यायिक आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदीय समिति गठन गर्दा जरोमा नपुगी बहुमतका आधारमा निर्णय हुनसक्ने देखिएकाले न्यायिक समिति आवश्यक भएको बताए । माथिल्लो तहको संलग्नता विना ठूलो मात्रामा सुन तस्करी हुन नसक्ने र अहिले पनि तस्करी जारी रहेको उनले दाबी गरे। अध्यक्ष ओलीले छानबिन समितिमा एमालेका मान्छे राख्न नभई देशलाई रित्याउनबाट जोगाउन न्यायिक समिति बन्नुपर्ने… पुरा पढौ

उपमहानगरपालिका भित्रका ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

दाङ । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हालेका छन् । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उहाँले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै आएका छन् । “शिक्षकमात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो भने प्रअ भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हुँदोरहेछ ।” उनले भने, “विद्यालयमा महिला प्रअ छ भन्ने थाहा नपाएका मानिस… पुरा पढौ

मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने, “केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत… पुरा पढौ