देश

सामाजिक सुरक्षा योजनालाई एकीकृत र सघनरुपमा सञ्चालन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताए । सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त योजनाको दिगोपनाका लागि विभिन्न सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई पनि योगदानमा आधारित बनाई यसमा देखिने दोहोरोपना हटाउन एकीकृत सामाजिक सुरक्षा संरचना तयार गरी गाभिँदै लगिने बताए । कोषलाई राज्यको सामाजिक… पुरा पढौ

हुर्जामा संस्थापक अध्यक्ष ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो । समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे । समीक्षक मदन भण्डारीले राज्यमा… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आज तोलाको एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । यसैगरि, आज चाँदी तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

जहाज पर्खिँदा पर्खिँदै हुम्लाका चार बालकले गुमाए ज्यान

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् । जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन् । सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही,… पुरा पढौ

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को… पुरा पढौ

परिमार्जित शिक्षा ऐेनको माग गर्दै शिक्षकहरु आन्दोलनमा, समन्वयमा धर्नासहित ज्ञापनपत्र बुझाइयो (फोटो फिचरसहित)

पोखरा । यतिबेला देशभरका शिक्षकहरु आन्दोलित छन् । संघीय शिक्षा ऐन २०८० मा शिक्षकका अधिकांश मागहरु सम्बोधन नगरिएको भन्दै शिक्षकहरु आन्दोदित भएका हुन् । आन्दोलनको पहिलो चरण अन्तर्गत आफ्ना जायज मागहरु सम्बोधन गरि शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, कास्कीले मङ्गलबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले राज्यले समाजका बुद्धिजीवी वर्ग शिक्षकका जायज माग पूरा हुनुपर्नेमा जोड दिँदै चरणबद्ध आन्दोलनका माध्यमबाट समग्र शिक्षामैत्री शिक्षा ऐन जारी… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास, क्वार्ज क्रिष्टल गोरखा दरबारमै राखिने

साउन ३० काठमाण्डौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।” जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ । त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने… पुरा पढौ

सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताएका छन् । आज उनको सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तक्र्रियामा उनले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण हो भने । प्रधानमन्त्री प्रचण्डले भने, “त्यतिका धेरै सुनलाई तस्करले विमानस्थलबाट बाहिर ल्याएर लाने क्रममा सरकारले पक्राउ ग¥यो, कैयौँ मानिस पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ,… पुरा पढौ

भारतको ७७औँ स्वतन्त्रता दिवस मनाइयो

साउन ३० काठमाण्डौं । भारतीय राजदूतावासमा आज भारतको ७७औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ गरिएको थियो । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा भारतका राष्ट्रपति… पुरा पढौ

कक्षा १२ को नतिजा प्रकाशन, ५० प्रतिशत बढी उर्तीण

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिए । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले… पुरा पढौ