देश

नाट्टा गण्डकीको २८ औं साधाणसभा सम्पन्न

पोखरा । नेपाल एशोसियेशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको २८ औं वार्षिक साधाणसभा सम्पन्न भएको छ । पोखरामा सम्पन्न साधरण सभाको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले पोखरालाई देशकै पर्यटन राजधानी घोषणा गर्ने तयारीमा आफुहरु रहेको खुलासा गरे । उनले भने , ‘हामी स्थानिय सरकार र प्रदेश सरकारबाट पोखरा महानगरपालिकालाई देशकै पर्यटनको राजधानी घोषणा गर्ने तयारीमा छौं । त्यसका लागि केन्द्रिय सरकारसँग पटक–पटक छलफलमा छौं ।’ यसका लागि आफू र महानगरको टिम… पुरा पढौ

मनसुन थप सक्रिय: अझै केही दिन वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । “मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ तर लगातारको वर्षा भने हुने… पुरा पढौ

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए । मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए । प्रमुख डा. गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन… पुरा पढौ

आज राष्ट्रिय भू–संरक्षण दिवस

आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । विसं २०३१ देखि ‘भू–संरक्षण दिवस’का रूपमा मनाउने… पुरा पढौ

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल… पुरा पढौ

पोखराको पटनेरीस्थित सेती नदीमा खसेर साइकल यात्री बेपत्ता

पोखरा, साउन २३ पोखराको सेती नदीमा एक जना साइकल यात्री खसेर बेपत्ता भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२९ स्थित सेती नदीमा खसेर एक जना साइकल यात्री बेपत्ता भएका हुन् । त्यसरी बेपत्ता हुनेमा बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर–४ घर भएर पोखरा–३३ बागमारा बस्ने भक्तबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेपत्ता रानाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । राना विहान करीब १० सेतीमा खसेको प्रहरीको भनाई छ । उनी… पुरा पढौ

पोखरामा बढ्यो आँखा पाक्ने रोग : तीन दिन स्कुल बन्द

पोखरा, साउन २३ आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीन दिन बन्द गरिने भएको छ । आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले पोखरा महानगर भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो । पोखरामा आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा सोमबार सरोकारवालाको बैठक बसेको थियो । सो बैठकले आँखा पाक्ने रोगको संक्रमणको चक्रलाई रोक्नका लागि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जारी… पुरा पढौ

प्रधानमन्त्री दाहालसँग युरोपेली सङ्घका राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको बताइएको छ । रासस पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ(मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको… पुरा पढौ

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

काठमाण्डौं । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्ेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका… पुरा पढौ