देश

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ । अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा… पुरा पढौ

सुन प्रकरणका आरोपीको म्याद मिलान, सात दिन हिरासतमा राख्न अनुमति

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए । म्याद मिलानपछि आजै उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति प्राप्त भएको छ । “आज… पुरा पढौ

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उनीरुको आरोप छ । आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाए । पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका छन् । “कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ ।… पुरा पढौ

सहमतिको विकल्प छैन : सभामुख घिमिरे

काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् । सदन सञ्चालन र संसदीय समितिका सभापतिहरुको चयन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेतासँगको आजको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले अधिकतमरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे । “आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा… पुरा पढौ

एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

काठमाण्डौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको… पुरा पढौ

पोखरा महेन्द्रपुलस्थित साँघुमुख पार्कको कंक्रिट पर्खाल (सेरवाल) भत्कियो

पोखरा, साउन २२ पोखरा–९ महेन्द्रपुलस्थित निर्माणाधीन साँघुमुख पार्क संरक्षणका लागि रड र सिमेन्ट प्रयोग गरेर बनाइएको कंक्रिट पर्खाल (सेरवाल) गएराती भत्किएको छ । पोखरा महानगरपालिका र पोखरा महानगरपालिका वडा नम्बर–९ को सहयोगमा बनेको सेरवाल गएराती आएको भारी वर्षाका कारण भत्किएको हो । करीब ३७ लाखको लागतमा ६० मिटर लम्बाई र २० मिटर उचाईको सेरवालको दुईतिहाई भाग भत्किएर सेती नदीको डिलमा पुगेको छ । साँझ करीब ८ः३० बजे ठूलो आवाजसहित सेरवाल भत्किएको महेन्द्रपुल–साँघुमुख उपभोक्ता समितिका अध्यक्ष रोसन महर्जनले बताए । सेती… पुरा पढौ

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको… पुरा पढौ

एमालेको अवरोधका कारण आज पनि राष्ट्रियसभाको बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताए । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिए । “सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने… पुरा पढौ

२३ ठेकेदार कम्पनी कालोसूचीमा

विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् । कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु÷कोशी एन्डा न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने… पुरा पढौ

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी… पुरा पढौ