देश

खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै

सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना(पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म एकदिने हाइकिङ स्थलका रुपमा अघि बढाउन खोजेको हो । क्लबले हाइकिङमार्फत खुल्ला चिडियाखानालाई जोड्ने लक्ष्यका साथ आफ्नै ३६औं शृङ्खला उक्त क्षेत्रमा सम्पन्न गरिसकेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । प्रत्येक… पुरा पढौ

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

नेकपा (माओवादी केन्द्) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ । बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । “यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले… पुरा पढौ

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् तर त्यसको अनुगमन नहुँदा अनुदान सदुपयोग नभएको गुनासो बढ्न थालेको हो । टनेलमा तरकारी खेती गर्नेलाई स्थानीय सरकारले पनि लाखौँ अनुदान दिने गरेको छ । शङ्खरापुर नगरपालिका–४ का डिल्ली मल्ल नगरपालिकाले अनुदान दिएर फलेको तरकारी नगरवासीले… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबर भएको सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइ हेर्दा हेर्दैमा

काठमाण्डौं । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च… पुरा पढौ

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना गरिने

काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जनही रु १५ हजार जरिवाना गर्ने भएको छ । तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार तीन सय ९८ जनासमेत जम्मा दुई हजार चार सय ३५ जना उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम रु १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरिएको अयोगले जनाएको छ । आयोगले आज विज्ञप्ति जारी गरी जरिवाना लागेका उम्मेदवारले ३५… पुरा पढौ

खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखेका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे । वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण… पुरा पढौ

ज्येष्ठ नागरिक भन्छन्,“भत्ता नै बुढेसकालको सहारा”

“कान्छो छोरा अमृत चितौन बस्छ, सधैँ उतै बस्न जाम आमा भनेर हत्ते ग¥यो र गएँ पनि,” भानु नगरपालिका–१३ पोखरी छापकी ७२ वर्षीया धनमाया गुरुङले भनिन, “तर झलझली गाउँको हावापानी सम्झिएँ, बस्नै सकिन र मेरै भत्ताले पालिन्छु भनेर गाउँ फर्किएँ ।” भानु नगरपालिका–१३ को कार्यालयमा ज्येष्ठ नागरिक भत्ता नवीकरण गर्न स्वयं उपस्थित हुने क्रममा धनमायाले दुईवर्ष पहिलेको अनुभव सुनाइन । उनीजस्तै अन्य ज्येष्ठ नागरिकले समेत ज्येष्ठ नागरिक भत्ता आफूहरुको बुढेसकालको दिगो सहारा भएको बताए । छोरासँगै बस्न भनेर दुई वर्ष पहिले… पुरा पढौ

गत आवमा नेपालबाट रु. ७८ करोडको सिमेन्ट निर्यात

गत आर्थिक वर्ष २०७९र८० मा नेपालबाट रु. ७८ करोड बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आवमा तीन सिमेन्ट उद्योगले रु. ७७ करोड ९३ लाख ६ हजार बराबरका १० लाख चार हजार २३ टन सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार गत आवमा रु. ३५ करोड ८९ लाख ५१ हजार बराबरको छ लाख सात हजार ७३ मेट्रिक टन सिमेन्ट र रु. ४२ करोड तीन लाख ५५ हजार बरारबरका तीन लाख ९६ हजार ९५० मेट्रिक टन क्लिङ्कर निर्यात… पुरा पढौ

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा रु दुई अर्ब… पुरा पढौ