देश

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता

इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको भेटमा कृषि अभ्यासको अभिवृद्धि, खाद्य सुरक्षा र दिगो विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । विश्वव्यापी रुपमा भोकमरीको अन्त्य गर्ने मानव कल्याणका लागि स्थापित सो संस्था संयुक्त राष्ट्र सङ्घको महत्वपूर्ण निकाय हो । सो संस्थाको नेपालमा सन् १९५१ काम गर्दै आएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग इन्टरनेसनल… पुरा पढौ

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरुमा देखिने भीड हटाउन आगामी भदौ महिनादेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्न लागिएको हो । हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । उक्त कार्यालयमा अनलाइन सेवा… पुरा पढौ

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार हेनुहोस ?

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

आजको मौसम: चट्याङसहित देशभर वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी… पुरा पढौ

भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उहाँले तत्थ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरू जो सुकै व्यक्ति भए पनि कानूनी कारबाही गरिने बताए । उनले भने, “निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम… पुरा पढौ

सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसतिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, “कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।” उनले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्लेख गरे । विसं २०८४ मा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो । सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको… पुरा पढौ

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताए । कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उनले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागु गरिएको जानकारी दिए । “कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका… पुरा पढौ

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गरे । कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त्री शर्माले कांग्रेस बैठकमा सात दिनसम्म संसद्मा भएको जस्तै छलफल भएको बताए । बैठकमा अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उहाँले… पुरा पढौ

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू. २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९र८० को अन्तसम्ममा नेपालले रू. ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रू. १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो । गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण रू. दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ… पुरा पढौ