देश

लागत मूल्य पाउँदै अण्डा उत्पादक किसान

लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु… पुरा पढौ

७७ वटै जिल्लामा फार्मेसी अनुगमन संयन्त्र परिचालन

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए । अनुगमनका क्रममा आज मन्त्री बस्नेत स्वयम फार्मेसीको स्थलगत निरीक्षणमा पुगेका छन् । उनले ललितपुर पाटनस्थिल टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि ९फार्मेसी युनिट० र जावलाखेलको अल्का अस्पतालको फार्मेसीको स्थलगत निरीक्षण गरे । अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल… पुरा पढौ

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन… पुरा पढौ

कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन

बागलुङ । बागलुङको बडिगाड खोलामा कानुनविपरीत मध्य बर्खामा पनि नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ । बडिगाड खोलाबाट अवैधरुपमा ढुङ्गा, गिटी, बालुवालगायत नदीजन्य पदार्थ निकाल्ने गरेको पाइएपछि बडिगाड गाउँपालिकाले यसमा रोक लगाएको हो । नदीजन्य उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म कुनै पनि नदीबाट बालुवा, गिटी र ढुङ्गा निकाल्न नपाइने र स्थानीय तहले पनि उक्त समयमा ठेक्का लगाउन नपाइने व्यवस्था छ । बडिगाड गाउँपालिका भएर बग्ने उक्त खोलाबाट नदीजन्य पदार्थ निकालेर राखिएको पाइएपछि पालिकाले सो कार्य… पुरा पढौ

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उनको भनाइ छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे । मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै… पुरा पढौ

सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो । पुरा पढौ

सुन तस्करी प्रकरण : ६ जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद

काठमाण्डौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुलीमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए । उनीहरुलाई विभागले आजै पक्राउ गरेको थियो… पुरा पढौ

राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् । तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए । भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले… पुरा पढौ

ललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ

काठमाण्डौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो । ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक आचार्यले बताए । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारीे… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता युआनबीच संवाद

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज भर्चुअल संवाद गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो । संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो… पुरा पढौ