देश

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । यसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ… पुरा पढौ

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

काठमाडौ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो । स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेको हो । अब… पुरा पढौ

एसइई परीक्षा देशभर एकसाथ सुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी… पुरा पढौ

जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छन् । मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् । उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । रासस पुरा पढौ

पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई न्याय हुने गरी काम गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको अन्तरक्रियामा उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदा पीडितलाई अन्याय हुने गरी नभई न्याय हुने गरी काम गर्नुपर्ने बताए । “उपयुक्त ढङ्गले अन्तर्राष्ट्रिय मूल्य–मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ”, अध्यक्ष ओलीले भने । सङ्क्रमणकालीन न्याय पीडितलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । रासस पुरा पढौ

अर्थशास्त्री वाग्लेद्वारा कांग्रेस पार्टी छाडेको घोषणा

काठमाण्डौं । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।” उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै… पुरा पढौ

एसईई परीक्षाको तयारी पूरा, यस वर्ष जापानमा पनि परीक्षा केन्द्र

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ”, उनले भने, “परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गर्दछौ ।” उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुरयाउनेलगायतका सबै काम सकिएको जानकारी… पुरा पढौ

मिटरब्याजी पीडितको समस्या समाधन गर्न ध्यानाकर्षण

सांसदहरुले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जगप्रसाद शर्माले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले आवश्यक कानुन बनाउने कार्य स्वागत योग्य रहेको भन्दै पीडितहरुसँग तत्काल वार्ता गरी समाधान खोज्न आग्रह गरे। सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउन मुलुकी अपराधसंहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । यस्तै सांसद तारामान स्वाँरले गत कत्तिक २२ देखि सुदूरपश्चिममा निरन्तर भूकम्प गइरहेको, कैयौँको ज्यान जानुका साथै घर चर्किएर, भत्किएर… पुरा पढौ

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन जानुभएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ । “जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन । जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति… पुरा पढौ

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ ।… पुरा पढौ