देश

चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिए । उनले भने, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ… पुरा पढौ

उपनिर्वाचन : रास्वपाले लामिछाने, डा वाग्ले र खरेललाई उम्मेदवार बनाउने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे । सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, “निर्वाचित भएर हामी तीन… पुरा पढौ

विकास र समृद्धि सरकारको मुख्य कार्यभार : गृहमन्त्री श्रेष्ठ

ताप्लेजुङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उहाँले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे । विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने… पुरा पढौ

कास्कीमा जनप्रतिनिधिले गरे जातिय विभेद : दलितले छोएको भन्दै भतेरको भाँडो नै घोप्टयाए

पोखरा, चैत १८ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारको दुई छोराहरु साहिल र समीरको ब्रतबन्ध थियो । मध्यम वर्गिय परिवारका परियारले ब्रतबन्धमा आफन्तसँगै छरछिमेक तथा जनप्रतिनिधिहरुलाईसमेत बोलाए । ब्रतबन्धको निम्तो मान्न पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारपनि पुगेका थिए । ब्रतबन्ध राम्रैसँग चलिरहेको थियो । त्यत्तिकैमा नारायणपनि ब्रतबन्ध गरेका दुबै छोरालाई टीका लगाउनुका साथै दान दक्षिणा दिएर भतेर तिर लागे । भतेर खान अगाडि बढेका उनलाई भान्सामा खटिएकी सीता लामिछानेले तिमी के थरी हो ?… पुरा पढौ

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु ।… पुरा पढौ

एमाले सचिवालय बैठक सुरु

काठमाण्डौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । पुरा पढौ

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

काठमाण्डौं । उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताएका छन् । आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा लैजाने उनले जानकारी दिए । मन्त्रालयमा कार्यभार सम्हालेपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेको जानकारी दिए । यी दुवै प्रस्ताव आगामी बस्ने मन्त्रिपरिषद्मा पेशसमेत गर्ने उनले जानकारी… पुरा पढौ

आवधिक नगद योजना तर्जुमा समिति बनाउने नवनियुक्त अर्थमन्त्री डा महतको निर्णय

काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले कार्यभार सम्हाल्नुहुँदै सरकारको आवधिक नगद योजना प्रणालीलाई व्यवस्थित गर्दै जाने निर्णय गरेका छन् । अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था रहेको छ । नियमावलीमा “अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनका लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको… पुरा पढौ

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

काठमाण्डौं । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।” मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको… पुरा पढौ

ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा

काठमाडौ । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् । त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ… पुरा पढौ