देश

नेपाल पत्रकार महासङ्घ स्थापना दिवस : सात पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासङ्घको ६८औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सात पत्रकारलाई पुरस्कृत गरेको छ । दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरे । शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । ‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशकी सोनी शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको… पुरा पढौ

आज राम नवमी पर्व , रामको पूजा आराधना गरी देशभर मनाइँदै

आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ… पुरा पढौ

दश दलिय सत्तारुढ गठबन्धनविच मन्त्रालय भागबण्डा टुङ्गियो, भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाण्डौँ । दश दलिय सत्तारुढ गठबन्धनविच सरकार विस्तारका लागि सहमती जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरुको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो । दलहरुविच भएको सहमती अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालयसहित कांग्रेस, ५ मन्त्रालयसहित माओवादी केन्द्र सहभागि हुने भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादी र जसपाको भागमा २–२ मन्त्रालय, लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टीलाई १–१ मन्त्रालय दिने सहमति भएको छ । जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय पाउने गरि सहमति जुटेको… पुरा पढौ

नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ । यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम… पुरा पढौ

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाण्डौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ । उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका… पुरा पढौ

समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन् । एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए । उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताए । उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प… पुरा पढौ

पोयुसाँपद्वारा स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

पोखरा, चैत १५ अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ९पोयुसाँप०ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको हो । साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित पोयुसाँपका अध्यक्ष उपेन्द्र पौडेल र सचिव चैतन्य अधिकारी पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । सोहि सिफारिसलाई पोयुँसापको बैठकले पारित गरेको पोयुसाँपका… पुरा पढौ

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेका कारणले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न… पुरा पढौ

आज चैते दशैँ मनाईंदै : गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको… पुरा पढौ

मिटरब्याजलाई अपराध मानेर कानून बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि अपराध संहिता संशोधन गर्न… पुरा पढौ