देश

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन्। वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ । वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी… पुरा पढौ

मध्यपहाडी लोकमार्गले उठीबास लगाउन लागेको भन्दै पोखरा–१६ का स्थानिय आन्दोलित

पोखरा, चैत ७ पोखरा महानगरपालिका वडा नम्बर–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको भन्दै स्थानिय आन्दोलित बनेका छन् । उनले स्थानियको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पाइएपछि स्थानिय विगत एक हप्तादेखि आन्दोलनमा रहेका हुन् । २०७४ सालमा शुरु भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्ड मादी गाउँपालिकाको भैंसेहुँदै पोखरा–१३ को काहुँखोला, बाँझापाटन, पोखरा–१२ को शितलादेवी, पोखरा–११… पुरा पढौ

उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब

काठमाडौ । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म (विभिन्न क्षेत्रका उद्योगमा) रु २७ खर्ब ८२ अर्ब बराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ सालदेखि २०७९/८० सम्म आठ हजार नौ सय ७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो । उक्त तथ्याङ्क अनुसार हालसम्म दर्ता भएका उद्योगमम्ध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा रहेको छ । तथ्याङ्क अनुसार… पुरा पढौ

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र… पुरा पढौ

गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आर्फैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत… पुरा पढौ

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरे । प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस पुरा पढौ

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८… पुरा पढौ

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि… पुरा पढौ

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा… पुरा पढौ

एन्फा कास्कीका अध्यक्ष रञ्जितलाई पितृशोक

कास्की जिल्ला फुटवल सघ (एन्फा कास्की) का अध्यक्ष उज्वल रंजितलाई पितृशोक परेको छ । अध्यक्ष रञ्जितका पिता लक्ष्मण रञ्जितको ७८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । रञ्जित विगत केहि समयदेखि मिर्गौला रोगबाट पीडित थिए । स्वर्गिय रञ्जितको आज अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । आज सोमबार विहान ९बजे रञ्जित निवास पोखरा १० रामबजार कृष्णमन्दिरबाट शवयात्रा शुरु भई रामघाटमा लगेर अन्त्येष्टी गरिने जनाइएको छ । स्वर्गिय रञ्जितका एन्फा कास्कीका अध्यक्ष उज्वलसहित,३ छाोरा २ छोरी तथा श्रीमती छन । पुरा पढौ