देश

गण्डकीमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत

पोखरा, चैत ९ गण्डकी प्रदेशमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको छ । अन्य प्रदेशको भन्दा अब्बल रहेको गण्डकी प्रदेशको क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेश निर्देनालयले जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहीबार पोखरामा आयोजना गरेको पत्रकारसँगको अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्रालयका राजेशकुमार यादवले गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा भने क्षयरोग उपचारमा ९१ प्रतिशत सफलता दर रहेको जानकारी… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१,… पुरा पढौ

सिटी रेबान कास्कीको अधिवेशन भोलि

पोखरा, चैत ९ पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेबान) कास्कीको आठौं अधिवेशन तथा १९ औं साधारण सभा भोलि शुक्रबार हुने भएको छ । सिटी रेबान कास्कीको अधिवेशन तथा साधारण सभा शुक्रबार पोखरा सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा आयोजना हुनेछ । विहान ९ बजेदेखि शुरु हुने अधिवेशनको होटल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष दीनेशकुमार चुकेले उद्घाटन गर्ने कार्यक्रम तय भएको सिटी रेबान कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । अधिवेशनले नया नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार… पुरा पढौ

भूपू सैनिक सम्मेलन पश्चिम पृतना फूलबारी ब्यारेकमा सुरु

नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गरेको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ । नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैआएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१… पुरा पढौ

लोसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए । लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि… पुरा पढौ

मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम… पुरा पढौ

सत्तारुढ गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाण्डौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आजको बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । “समसामयिक राजनीतिक परिस्थितिका बारेमा सत्तागठबन्धनका केही नेता बसेका हौँ, आज सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ, चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको हो ।” उनले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा… पुरा पढौ

पोखरामा रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालन

पोखरा, चैत ८ पोखरामा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ चाँडै सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोडस्थित भाटभटेनी भन्दा केहि तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर)… पुरा पढौ

‘सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सङ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पु¥याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ भने । उनले भने, “सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । सामुदायिक रेडियो प्रवद्र्धन गर्न नीतिगत व्यवस्थामा भएको समस्याको समाधान गर्नुपर्ने अवस्था छ । स्थानीय पालिकालाई सामुदायिक… पुरा पढौ

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक… पुरा पढौ