देश

प्रधानमन्त्रीको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त

प्रधानमन्त्रीको निजी चिकित्सकमा युवराज शर्मा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । डा.शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । पुरा पढौ

यसरी मनाइयो गण्डकीमा मगर दिवस

मगर समुदाय आफ्नो पहिचानमा हुरुक्क हुन्छन् । उनीहरु संस्कृति र रहनसहनमा खुलेर रमाउँछन् । बर्सेनि फागुन १५ उनीहरूका लागि रौनक लिएर आइपुग्छ । सोमबार नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवस । मगरहरू सङ्गठित भएको दिनलाई त्यस समुदायले ‘मगर एकता दिवस’का रूपमा समेत मनाउँदै आएको छ । गण्डकी यसै पनि मगरहरूको थातथलो बढी भएको प्रदेश हो । यहाँको इतिहास, परम्परा र संस्कृतिसँग मगरहरूको साइनो छ । सधैँझैँ यसपालि पनि आफ्नो एकता दिवसलाई मगर समुदायले उल्लासपूर्वक मनाएको छ । कतै सांस्कृतिक÷खेलकुद मेला… पुरा पढौ

गण्डकीका पोखरासहित सहर र गाउँ दुबैमा प्रहरीले गस्ती बढाउने

पोखरा, फागुन १५ प्रहरीले गण्डकी प्रदेशका सहर र गाउँ दुबैमा गस्ती बढाउने भएको छ । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गराउन प्रहरीले गण्डकीको राजधानी पोखरासहित सहर र गाउँमा गस्ती बढाउन लागेको हो । गण्डकी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय र अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँगको सुरक्षा छलफललाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले भने,‘जनताको शान्ति सुरक्षा र अमनचयन कायम गर्न ग्रामिण र सहरी क्षेत्रमा गस्ती बढाउनु ।’ भिडियो कन्फरेन्समार्फत गरिएको छलफलमा बोल्दै एआईजीपी गुरुङले लक्षित… पुरा पढौ

पपुवा न्युगिनीले नेपाललाई दुई सय चार रनको लक्ष्य दियो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनीले नेपाललाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा नौ गुमाउँदै दुई सय तीन रनको योगफल बनायो । पपुवा न्युगिनीका लागि चाड सोपरले अविजित ३६ रन बनाए भने कप्तान असाद भालाले ३६, सेसे बाउले ३१, किपीलन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे । नेपालका… पुरा पढौ

इकोनोमिक्स ओलम्पियाडः ‘बिजनेस केस एनालाइसिस’मा प्रतिभा माविका अजरलाई स्वर्ण

पोखरा, फागुन १४पोखरा–४ पालिखेचोकस्थित प्रतिभा माविका विद्यार्थी अजर गुरुङ र बिनिताकुमारी चापागाँइले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् ।चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाँइले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व गर्न लायक… पुरा पढौ

नेकपा एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन्। नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री… पुरा पढौ

मिथिलाञ्चलमा सुरु भयो होली

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो । परिक्रमामा सहभागी हजाराँै साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए । यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि… पुरा पढौ

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताए । रासस पुरा पढौ

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । रासस पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई थप तीन मन्त्रालयको कार्यभार

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय… पुरा पढौ