देश

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते हुनुभएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए । डा भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेको डा. भण्डारीले राम्रोसँग… पुरा पढौ

सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकले प्रदेशसभामा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार भएको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति… पुरा पढौ

वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने… पुरा पढौ

क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्तरिम आदेश नदिएर आगामी आइतबार लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न आदेश दिएको जानकारी दिए । आदेशमा भनिएको छ, “उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन… पुरा पढौ

तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । पुरा पढौ

राष्ट्रपति कांग्रेसलाई दिने ८ दलको सहमति

काठमाडौं । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति भएको छ । शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने टुंगो लागेको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिए। आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए । नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय भएको छैन । कांग्रेसले शनिबार… पुरा पढौ

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने, कर्मचारीलाई सट्टा बिदा

काठमाण्डौं । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको उनले बताए । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उनले जानकारी दिए… पुरा पढौ

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक छ: उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र) का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताए। कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ ।” कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उल्लेख गर्दै उनले भने, “हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई… पुरा पढौ

भाखा नाँघेको तीस दिनभित्र साँवा, ब्याज तिरेमा पेनाल ब्याज लिन नपाइने

काठमाडौ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९’ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याजको दायित्व भाखा नाँघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा मात्र… पुरा पढौ

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता… पुरा पढौ