देश

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएकमा छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको… पुरा पढौ

बादल माथीको मनमोहक हाँडिकोटले पर्यटक पर्खिदै

बाग्लुङ । यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनी पुरातात्वीक संरचनाले पर्यटकलाई पर्खिरहेका छन् । सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्लित बनाउँछन् । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ । तल हरियाली वनजङ्गल डाँडामा… पुरा पढौ

नेपालमा महिला सहभागिता गर्ब लायक: उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्ब लायक रहेको बताएकी छिन् । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन् । “धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उनले भने, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्छ ।” महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने… पुरा पढौ

नेपालले टस जितेर ब्याटिङ रोज्यो

आइसिसी यु - १९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ । युएईको अजमानको इडन ग्रार्डेन ओभल त्रिकेट मैदानमा टस जितेर कप्तान देव खनालले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपाल आजको खेलमा विजयी भए आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने यु १९ विश्वकप क्रिकेटको भए यात्रा तय गर्नेछ । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ । प्रतियोगितामा नेपालले यसअघि खेलेका चार वटै खेलमा विजयी भएको थियो । नेपालले… पुरा पढौ

प्रदेश नं १ को नाम ‘कोशी’ राख्ने बहुमतले पारित

मोरङ । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो । नेपालको संविधानको धारा २९५ को उपधारा९२० बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो । मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा… पुरा पढौ

इन्धनको मूल्य समायोजन नगर्ने निगमको निर्णय

काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य हाललाई समायोजन नगर्ने भएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले खाना पकाउने ग्याँसको मूल्य अत्यधिक बढाएर पठाएको भन्दै हाललाई इन्धनको मूल्य समायोजन नगरि यथावत राख्ने निर्णय गरको हो । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आए पनि ग्यासको मूल्य अत्याधिक बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ । बुधबार मात्रै निगमलाई आईओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल… पुरा पढौ

आठ दलका सााझा उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा (एस) को निर्णय

काठमाण्डौं । नेकपा ( एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । वडा, क्षेत्र,… पुरा पढौ

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त

काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए । यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण… पुरा पढौ

खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्नुस्ः सभामुख

सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विगतमा प्रजातन्त्र र गणतन्त्रका लागि लक्ष्य बनाएर काम गरे पनि व्यवस्था परिवर्तन भएसगैँ पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको उल्लेख गरे । सभामुख घिमिरेले भने, “मुलुकको परिवर्तनमा विशिष्ट योगदान पु¥याएको पत्रकारिता क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहयोग पु¥याएर अघि बढाउनुपर्छ, संसद् र सरकारलाई प्रभावकारी तुल्याउन पनि यस क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ… पुरा पढौ

‘प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा पुगेको छ’

पोखरा, फागुन १७ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जनअपेक्षा पूरा गर्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभालाई बुधबार सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले भने, ‘विगत र वर्तमान सरकारले गरेका कयौं कार्यहरु सकारात्मक भएपनि जनअपेक्षा पूरा गर्न थप प्रयत्न गर्नुपर्ने अवस्था देखिएको छ ।’ उनले संविधानमा व्यवस्था गरिएका मौलिक हक, अधिकार व्यवहारमा अवलम्वन गर्न गराउन बाँकी रहेको औंल्याए । त्यस्तै सेवा प्रवाह सरल र सहज बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । उनले जनअपेक्षा पूरा… पुरा पढौ