देश

सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताएका छन्। एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उनले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताए । अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत… पुरा पढौ

सूचना र तथ्याङ्क सुरक्षित हुनुपर्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी तथ्याङ्क र सूचना सुरक्षित बनाउन नियामक तथा सेवा प्रदायकलाई निर्देशन दिएकी छिन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा प्राविधिक पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालमा फाइभ जी को चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा उनले नेपालको डेटा र सूचना राष्ट्रियतासँग जोडिएको भन्दै यसलाई सुरक्षित र मजबुत बनाउनुपर्ने खाँचो औँल्याए । सञ्चारमन्त्री शर्माले प्रविधिका क्षेत्रमा भएको पछिल्लो विकासलाई नेपालले अवलम्बन गर्नुपर्नेमा जोड दिँदै तर त्यसलाई कसरी गर्ने भन्ने चिन्तन गर्न भने जरुरी भएको उल्लेख… पुरा पढौ

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद दिए । विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गरे । भेटमा गोर्खा… पुरा पढौ

राष्ट्रपति निर्वाचन: आज मतदाताविरुद्ध उजुरी दिन सकिने

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । पुरा पढौ

आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै, ढुक्क भएर खान आग्रह

सरकारले आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि २५ गतेसम्म १५ जिल्लामा खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । हात्तीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार वर्षमा एक पटक गरी ६ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ । धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ… पुरा पढौ

डिआइजी अशोक सिंहद्वारा पदबाट राजीनामा

काठमाण्डौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उनले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन । प्रहरी प्रवक्ता… पुरा पढौ

बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले आजदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । “बिना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र वित्तीय… पुरा पढौ

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर रु. १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । चोकर ,दाना ,ढुवानी खर्च, मुद्रास्फीति, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले बताए । यसअघि २०७८ माघमा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन… पुरा पढौ

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ: पर्यटन मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो । आज सङ्खुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै पर्यटनमन्त्री किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गरे । नेकपा एमाले, नेपाली कांग्रेसलगायत सबै दलबाट स्वीकार हुने राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन नेकपा (माओवादी केन्द्र) ले अधिकतम प्रयास गरिरहेको उनको भनाइ थियो । राष्ट्रपति बनाउन सहमतिको विकल्प… पुरा पढौ

राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा… पुरा पढौ