देश

व्यापार मेलामा दर्शक र कारोबार बढ्दो, तेस्रो दिनसम्म करिब १३ हजारले गरे मेलाको अवलोकन

पोखरा । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ मेलामा सोमबार चर्चित लोकगायक श्याम राना र तुलसा जिसीको प्रस्तुति रहने भएको छ । मेलाको सांस्कृतिक उपसमितिकी संयोजक शोभा गौतमका अनुसार उनीहरुको प्रस्तुतिसँगै डान्स आइडल एवं रत्यौली गीतका प्रतिस्पर्धीहरुले पनि अवलोकनकर्तालाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । आइतबार रितु कँडेल,लक्ष्मी बानिया, पार्वती गुरुङ, रामजी खाँड,कृष्ण सुवेदी, जगत पौडेल, मिलन पौडेललगायतको प्रस्तुति रहेको थियो ।सोमबार अगुवा महिला उद्यमीहरु इन्दिरा बराल र लक्की क्षेत्री कार्कीसँग उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम पनि राखिएको संघका… पुरा पढौ

चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ र बढ्दो व्याजदरको बिरोधमा आज त्यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मागमा ठूलो मात्रामा गिरावट आउँदा उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताइएको हो । बैंकको व्याजदर बढ्दा व्यवसायीले ऋण तिर्न नसकी व्यवसाय बन्द गर्नु परेको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए। जिल्लामा यसको प्रभाव प्रत्यक्षरुपमा पोल्ट्री व्यवसाय, खाद्यान्न उद्योग,… पुरा पढौ

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छः वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताएका हुन् । उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए । उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गरेका थिए । त्यस अवसरमा उनले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए ।रासस पुरा पढौ

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए । भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमारुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो… पुरा पढौ

दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज बैंकिङ समूह नौ दशमलव ४१, विकास… पुरा पढौ

चोरी सिकारीका कारण रेडपाण्डा जोगाउन समस्या

विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा हाब्रे जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डा चोरी शिकारीका कारण जोगाउन समस्या भएको हो । धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जङ्गलमा आकर्षक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रङमा भेटिने रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेर रेडपाण्डा सिकार गर्ने गरेका छन् । यो जङ्गली जनावरको पहिचान र प्रचारप्रसारको अभावमा सिकारको क्रम बढेको हो ।… पुरा पढौ

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

वाग्मती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार वाग्मती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान चल्ने गर्छ । महाअभियानले शनिबार तिलगङ्गामा चार सय ९९औँ हप्ताको सफाइ गरेको छ । सफाइबाट १।५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक… पुरा पढौ

दोलखाको प्रतिनिधिसभामा एमालेका सिवाकोटीकै अग्रता

दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता कायम राखेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओेवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीभन्दा सिवकोटी १ हजार ८२० को मतान्तरले अघि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार सिवाकोटीले १७ हजार ६९५ मत ल्याउँदा कार्कीले १५ हजार ७९५ मत ल्याएका छन्। पुरा पढौ

बाजुराको प्रदेशसभा (२) मा काँग्रेस उम्मेदवार पदमबहादुर शाही निर्वाचित

बाजुरा जिल्लाको प्रदेशसभा (२) मा नेपाली काँग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लालबहादुर थापालाई २ हजार ५९८ मतान्तरले हराउँदै शाही निर्वाचित भएका हुन्। पछिल्लो मत परिणामअनुसार शाहीले २० हजार ११९ मत ल्याउँदा थापाले १७ हजार ५२१ मत ल्याए। पुरा पढौ

बाजुराको प्रदेशसभा (१) मा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी

बाजुरा जिल्लाको प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) ले विजय हासिल गरेको छ सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीलाई २ हजार ३४१ मतान्तरले हराउँदै जित निकालेका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार शाहीले १० हजार ९७३ मत ल्याउँदै विजयी बने भने रेग्मीले ८ हजार ६३२ मत ल्याएका छन्। पुरा पढौ