देश

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला… पुरा पढौ

प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, ५७ सिटसहित कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । नेकपा एमाले ४४, नेकपा माओवादी केन्द्र १८,। नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सात÷सात, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु… पुरा पढौ

दोलखाको प्रदेशसभा (२) बाट एमालेका भरतबहादुर केसी निर्वाचित

दोलखा जिल्लाको प्रदेशसभा (२) बाट नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार वर्मा लामालाई १ हजार ८१९ को मतान्तरले हराउँदै बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका लामाले १७ हजार ५९५ मत प्राप्त गरे। पुरा पढौ

दोलखा प्रदेशसभा (१) बाट काँग्रेसका कुन्दनराज निर्वाचित

दोलखा जिल्लाको प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका कुन्दनराज काफ्ले विजयी बनेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठलाई वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कुन्दनराजले ८ हजार ०४२ को मतान्तरले हराउँदै बागमति प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजामा कुन्दनराजले २२ हजार ७९७ मत ल्याए। उता, नरबहादुरले भने १४ हजार ७५५ मत प्राप्त गरे। पुरा पढौ

दोलखाको मतगणनामा माओवादीका कार्की अगाडि

दोलखा जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा काकीले अग्रता लिएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीभन्दा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका कार्की १ हजार १९५ मतान्तरले अगाडि छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले ३५ हजार ७९० मत ल्याएका छन् भने सिवाकोटीले ३४ हजार ५९० मत ल्याएका छन्। पुरा पढौ

आइसीसी विश्वकप लिग–२: नेपाल स्कटल्यान्डसँग पराजित

नेपाल नामिबियामा जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार भएको खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भयो। नेपालले दिएको १३८ रनको विजय लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा १४३ रन जोड्दै पूरा गर्‍यो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४३ रन बनाए। ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए। बलिङमा नेपालका सागर ढकाल,… पुरा पढौ

स्वर सम्राट नारायण गोपाल स्मृति दिवस

आज मंसीर १९ गते नेपाली गीत संगीतका स्वर सम्राट नारायण गोपालको स्मृति दिवस। ‘म त लालीगुराँस भएँछु ‘‘ वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ ‘आँखा छोपी नरोउ भनी भन्नु पर्‍या छ,मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍याछ।’ यी र यस्ता सयौँ गीतलाई कर्णप्रिय स्वरले सिंगारेका नारायण गोपाल गुरुवाचार्यको आज स्मृति दिवस मनाइँदैछ। उनको सम्झनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आज उनलाई सम्झने गरिन्छ। जादुमयी आवाजबाट गीत, संगीतमा सबैलाई आकर्षण गर्न सफल नारायण गोपालले स्वर सम्राटको उपाधि पाएका थिए। विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित… पुरा पढौ

चुनावी समीक्षाका लागि सत्ता गठबन्धनको बैठक भोलि

काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । सठबन्धनमा आवद्ध दलहरुले देशभर चुनावी तालेमल गरेर लडेका थिए । कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको… पुरा पढौ

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आजको बैठकमा विशेषगरी यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रारम्भिकरूपमा समीक्षा गरिएको जानकारी दिए । नयाँ सरकार गठनका सन्दर्भमा कुनै विषय नै प्रवेश नगरेको उल्लेख गर्दै उहाँले सत्तारूढ गठबन्धनको बैठक आह्वान गरेर समग्र पक्षमा… पुरा पढौ