देश

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

आज अंग्रेजी डिसेम्बर महिनाको ७ तारिक अर्थात अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस। विविध कार्यक्रमका साथ आजका दिन नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ। शिकागो कन्भेन्सन लागू भएपछि सन् १९ सय ९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले यो दिवस मनाउँदै आएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको हो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य छन्। आजका दिन संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र… पुरा पढौ

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

काठमाण्डौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा रु २६ लाख १२… पुरा पढौ

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार भएको थियो । आजको… पुरा पढौ

समानुपातिकमा एमालेको अग्रता कायमै

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार तीन सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार पाँच सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१… पुरा पढौ

प्रतिनिधिसभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ महिला ९ जना मात्रै

गत मंसीर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ। आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन्। जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। झण्डै ९५ अर्थात्… पुरा पढौ

समानुपातिकतर्फको मतगणना भोलि सकिने

काठमाण्डौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । मतगणनाको परिणाम आइसकेपछि आयोगमा… पुरा पढौ

सत्ता गठबन्धनको निष्कर्ष : ‘निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकतालाई पुनः पुष्टि गरेको छ’

काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ । “निर्वाचनको दौरानमा… पुरा पढौ

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल

काठमाण्डौं ।नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो । आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए… पुरा पढौ

नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घट्यो

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१… पुरा पढौ

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

काठमाडौ । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ÷नौ स्थानमा विजयी भएका छन् । प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ ।… पुरा पढौ