देश

कांग्रेसले ग¥यो पाँच बागी उम्मेदवारलाई कारबाही

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएको भन्दै पाँच जनालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कांग्रेस हुम्लाका महासमिति सदस्य मङ्गलबहादुर शाही, बाराका महाधिवेशन प्रतिनिधिद्वय रविन्द्रप्रसाद ९रोशन० यादव, वीरेन्द्रप्रसाद यादव, क्रियाशील सदस्य धर्मेन्द्रप्रसाद यादव र जिल्ला सदस्य राम एकवालप्रसाद यादव रहेका छन् । अनुशासन समितिका संयोजक आनन्दप्रसाद… पुरा पढौ

कास्कीमा मङ्सिर १ सम्ममा मतदान केन्द्रमा सामग्री पुग्ने

पोखरा । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताए । उनले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर… पुरा पढौ

काहुँ डाँडामा गुरुयोजना सहितको विकास ल्याउछु : थापा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताएका छन् । गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफु अबको पाँच वर्षपनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण,… पुरा पढौ

बागलुङका ८५ वटै वडामा मतदाता शिक्षा तीव्र

गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा बागलुङमा ठूलो सङ्ख्यामा मत बदर भयो । यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर–घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन् । मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन् । बागलुङ नगरपालिका–१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका चुनावमा नेता कार्यकर्ताहरु आएर सिकाउनेजस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताए ।… पुरा पढौ

साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार… पुरा पढौ

‘केन्द्रमा पहुँच राखेर विकास ल्याउन सक्ने कास्केली नेता रामजीप्रसाद बराल’

पोखरा, कात्तिक २७ चुनावमा नेताले जेपनि बोल्छन् । आश्वासनका पोका बाँढ्छन् । तर जितेर गएपछि जनताको घरदैलोमा फर्किएर आउँदैनन् । चुनावताका गरेका वाचाहरु पूरा गर्दैनन् । यस्तो हुनुमा चुनाव जित्ने उम्मेदवारको मात्रै दोष हुँदैन । जनतालेपनि सहि उम्मेदवार छनौट नगर्दाको परिणाम हो । किनकी जनताले आफ्नो उम्मेदवार छनौट गर्दा विगतको उसको ईतिहास र वर्तमान अवस्थामा उसको नेतृत्वसँगको पहुँचपनि हेरिनुपर्छ । अहिलेपनि चुनाव नजिकिदो छ । उम्मेदवारहरु विकासका ललीपपहरु बाँढिरहेका छन् । तर दलका शीर्ष नेतृत्वसँग पहुँच राख्ने उम्मेदवार कमैमात्र छन्… पुरा पढौ

करेन्ट लागेर भैँसी मरे

जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत् सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरण सिसाघाटको लापरबाहीका कारण आहाले लाखुरी भन्ने ठाउँमा बिद्युतको तार लत्रिएको अवस्थामा चर्दैगरेका भैँसीलाई करेन्ट लागेको स्थानीय किसान थापाले जानकारी दिए । घट्ना पश्चात तत्काल सिसाघाट विद्युत् प्रविधिकरणमा जानकारी गराएपछि समितिले नियम अनुसार रु चालिस हजार क्षतिपूर्ति दिने सहमति भएको स्थानीय विष्णुबहादुर अधिकारीले बताए… पुरा पढौ

नया उम्मेदवारलाई भोट दिएर जिताउँछौं भनेका छन् : दीपक माइला

पोखरा, २७ कात्तिककास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् ।उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । ‘ए ! दिपक भन्नी हजुर हो ? नयाँ हुनुहुन्छ, भोट गरेर जिताउँछौं भनेर मतदाताले भनेको पाएको छुँ, ’ उनले भने, ‘मतदाताको सकरात्मक र उर्जाशिल भनाइले गर्दा चुनाव जितिसकेको अनभुव भएको छ ।’ उनले जनताको योजना र आवश्यकता आफ्नो प्राथमिकता भएको… पुरा पढौ

घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्ने एमाले उम्मेदवारद्धय दामोदर र गणेशमानकोे प्रतिवद्धता

पोखरा । नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ ९क० का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका उम्मेदवारद्धयसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए । त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई… पुरा पढौ

नेपाल–भारत सीमानाका बन्द गरिने

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन,… पुरा पढौ