देश

सात ताल प्रवद्र्धनबाटै लेखनाथको समृद्धिः दीपक

पोखरा, २३ कात्तिकसाबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि विकासको गतिमा स्थानीय सन्तुष्ट छैन । उनीहरुमा साबिक पोखराको छायाँमा परेको गुनासो गरिरहेका छन् ।कास्की १ ९१०का गठबन्धनका उम्मेदवार दीपक कोइराला पनि केही हदसम्म स्थानीयको गुनासोमा सहमत छन् । कोइराला सहरीकरणको बाटोमा अघि बढेको लेखनाथलाई योजनाबद्ध रुपले विकास गरी नमुना बनाउने प्रतिवद्धतासहित मैदानमा छन् । माओवादी केन्द्रका नेतासमेत रहेको कोइरालाले स्थानीय र संघ सरकारसँग सहकार्य गर्दै लेखानाथ क्षेत्रमा समृद्धिको जग… पुरा पढौ

समृद्धिका योजनाकारको सांसद सपना

मंसिर ४ मा देसैभर एकै पटक हुने आमनिर्वाचनको रौनक जताततै छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ ९१० मा सत्ता गठबन्धनमा नेकपा ९माओवादी केन्द्र०बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्छन् । उनी जनताको परिवर्तनको चाहना नै… पुरा पढौ

पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गछौंः उम्मेदवार बराल र भण्डारी

पोखरा । पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका उमेदवार दुर्गादत्त भण्डारीले पोखराका प्राचिन मौलिक घरहरुको संरक्षण गर्ने बताएका छन् । चुनावको प्रचार अभियान अन्र्तगत बुधबार पोखरा २ स्थित विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख लगायतको क्षेत्रमा घरदैलो कार्यक्रममा सहभागी हुदै उमेदवार बराल र भण्डारीले पोखराको प्राचिन पुरानो घरहरु पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकोले त्यसको संरक्षण गर्ने बताएका हुन् । पोखराको पुरानो बस्तीको रुपमा रहेको विन्ध्यवासिनी, मोहोरीयाटोल, नालाकोमुख… पुरा पढौ

कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल… पुरा पढौ

दार्चुलामा वाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा

दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गरे । अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली… पुरा पढौ

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् डब्लुपिएल’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुगेकी छन । यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी मङ्गलबार आइसल्यान्ड पुगेकी डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसद्द्वारा आयोजना गरिएको हो । राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत… पुरा पढौ

कास्की–२ मा गठबन्धनका उम्मेदवार भन्छन् ‘प्राप्त उपलब्धि जोगाउन र विकासका लागि हामीलाई भोट’

पोखरा, २३ कात्तिक । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्या एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले हिजोका परिवर्तनका अन्दोलनमा जस्तै प्राप्त उपलब्धि जोगाउन कांग्रेस र कम्युनिष्ट वीच गठबन्धन भएको बताएका छन् । हिजो आफूहरुले निर्माण गरेको एकीकृत पाटी तीन टुक्रा भएको भन्दै कम्युनिष्टको मुल स्प्रिट आफूहरुले बोकेको उनले दाबी गरे । उनले पुष्पलाल श्रेष्ठ, वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी हुँदै गिरिजा प्रसाद कोइरालासम्मको विरासत बोकेका कांग्रेस र कम्युनिष्ट एकठाउँमा रहेको उनको भनाई… पुरा पढौ

जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा विश्वविद्यालयको प्राज्ञिक भवन लेखनाथमा आयोजित विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकताअनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए । उनले शिक्षाको गुणस्तर र नवीनताका… पुरा पढौ

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए । गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेख्छन्, ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति… पुरा पढौ

कर्णालीबाट प्रतिगामीहरुलाई शून्य बनाउनुपर्ने प्रचण्डको उद्घोष

कर्णाली र सुदूरपश्चिमको विकासमा प्राथमिकता दिने प्रतिबद्धताजुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताउनु भएको छ। मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीबासीले रेकर्ड राख्नुपर्ने बताउनु भएको हो। ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ… पुरा पढौ