देश

प्रतिभा प्रष्फुटन गर्न प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा, कात्तिक २५पोखरा नदीपुरमा रहेको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए ।विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती… पुरा पढौ

राष्ट्रपति शनिबार स्वदेश फर्कंदै

राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छन । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ डब्लुपिएल कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिईन । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ वुमन लिडर्समा उनले विशेष सम्बोधनसमेत गरेकी थिईन । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिईन। राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्ने… पुरा पढौ

बेँसी झर्ने बेला जिल्ला भित्रिँदै मनाङवासी

हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “मनाङवासी मतदान गर्न… पुरा पढौ

एमालेमा गएको दुई हप्ता नपुग्दै होम नेपाली नेकपा एसमै फर्किए

पोखरा, कात्तिक २५ केहि दिन अघिमात्र नेकपा एमाले प्रवेश गरेका नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेता होमबहादुर नेपाली पुनः नेकपा एसमै फर्किएका छन् । नेकपा एसका कास्की सचिव नेपाली गत कात्तिक १२ गतेमात्र नेकपा एमाले प्रवेश गरेका थिए । तर एमालेमा गएको दुई हप्तापनि नपुग्दै नेपाली आफ्नो पार्टी नेकपा एसमा फर्किएका हुन् । पुराना एमाले कार्यकर्ता नेपाली एमाले फुटेर बनेको नेकपा एस कास्कीका संस्थापक हुन् । माधव नेपाल समूहका उनी पार्टी फुटेपछिपनि नेपालकै साथमा लागेका थिए । तर गत कात्तिक… पुरा पढौ

मतपत्र सबै क्षेत्रमा पुग्यो

४ मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ। निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो। मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो। अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्‍याइनेछ। संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि २/२ वटा मतपत्र छापिएका छन्। प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६… पुरा पढौ

जनयुद्धको भट्टीमा खारिएका रामजी : विचारमा स्पष्ट, सिद्धान्तमा दृढ, व्यवहारमा जिम्मेवार

पोखरा, कात्तिक २४ ‘विचारमा स्पष्टता, सिद्धान्तमा दृढ र व्यवहारमा जिम्मेवार’ कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बराल जीवनको पहिचान हो । जनयुद्धको भट्टीमा खारिएका उनी अहिलेपनि नबुझ्नेहरुका लागि रुढ लाग्न सक्छन् । तर उनी सँधै स्पष्ट बिचार लिएर हिंडेका कम्युनिष्ट नेता हुन् । जनयुद्धको राप र तापमा हुर्किएको माओवादीको सिद्धान्तमा उनी सदैव दृढ छन् । युद्धकालीन समयमा कयौं सहिद भए, कयौं वेपत्ता भए, अनि कयौं घाईते तथा अपाङ्ग बनेको नजिकबाट नियालेका उनी शान्ति प्रक्रियामा आएपछि आफैले… पुरा पढौ

दामोदर बैरागी : मजदुर आन्दोलनबाट खारिएका अवसर नपाएका नेता

पोखरा, कात्तिक २३ राजनीतिमा कतिले अवसर पाउँछन् त कतिले अवसर नै पाउँदैनन् । अवसर पाउनेले गरेर देखाए सँधै स्थापित हुने मौका पाउँछ भने गर्न नसक्ने सँधैका लागि पन्छिने खतरापनि रहन्छ । तर क्षमता, योग्यता र पार्टीमा योगदान हुँदाहुँदैपनि कतिपयले भने जिन्दगीभरी अवसर नपाउन सक्छन् । यस्तै अवसर नपाएका एक नेता हुन् दामोदर पौडेल (बैरागी) । २०७० सालमा संविधान सभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका उनी अन्तिममा टिकट नपाउने अभागी राजनीतिज्ञपनि हुन् । झण्डै चार… पुरा पढौ

अनलाइनमा चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगले जनाएको छ। राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था छ। त्यस्तै, राजनीतिक दलले… पुरा पढौ

आज फाल्गुननन्द जयन्ती

आज कार्तिक २५ गते किरात धर्मावलम्बीका महागुरु फाल्गुननन्दको १३८ औं जन्मजयन्ती। विविध कार्यक्रम गरी समाज सुधारक एवं युग पुरुष फाल्गुनन्द जयन्ती मनाइँदैछ। हरेक वर्षको कार्तिक १५ गते किरात धर्मावलम्बीहरुले विविध कार्यक्रम, पूजाआजा गरी फाल्गुननन्द जयन्ती मनाउँदै आएका छन्। वि.सं. १९४२ कार्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुननन्दले समाज सुधारमा महत्पूर्ण योगदान दिएका छन्। समाज सुधारकका रूपमा लिइने फाल्गुननन्दको पूरा नाम चाहिँ फाल्गुननन्द लिङ्देन हो। उनलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ। उनले… पुरा पढौ

‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश हरिप्रसाद फँुयालको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो… पुरा पढौ