देश

भण्डारढीक रंगशालाको मुहार फेरियो, अब राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्न पहल गर्छु : कोईराला

पोखरा, कात्तिक २४ कास्की क्षेत्र नम्बर १ (१) का गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेका दीपक कोईरालाले लेखनाथको भण्डारढीकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्ने बताएका छन् । कोईरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा भण्डारढीक रंगशालाको मुहार फेरिएको बताउँदै अब फेरी आगामी निर्वाचनमा बिजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नती गर्ने योजना रहेको बताएका हुन् । खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,उनले भने,‘क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

डेङ्गुका बिरामी बढे

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो । तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा… पुरा पढौ

गठबन्धनको प्रतिबद्धता : सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले सुकुम्बासीका आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कास्की २ मा पर्ने पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता पत्रमा उल्लेख छ । गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकास शिर्षक विभिन्न प्रतिवद्धता जनाएको छ । जसमा स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने भनिएको… पुरा पढौ

पोखरा विमानस्थलको रनवे छोटो छ, ३ हजार मिटरको बनाउन पहल गर्छु : उमेदवार बराल

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उमेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् । विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा उमेदवार बरालले गण्डकी प्रदेश र राजधानी पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन् । पर्यटन व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठुलो लगानी… पुरा पढौ

विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान

पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक… पुरा पढौ

दुर्गाका विकासे एजेण्डा : विन्ध्यबासिनी–सराङकोट–कास्कीकोटको बाटो चक्ल्याउने, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थित गर्ने

पोखरा । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले आफ्नो विकासे एजेण्डामा विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट चक्ल्याउने महत्वकांक्षी योजना राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी पार्टीको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक खण्ड चक्ल्याउने महत्वकांक्षी योजना ल्याएका हुन् । यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा… पुरा पढौ

दुर्गाका विकासे एजेण्डा : विन्ध्यबासिनी–सराङकोट–कास्कीकोटको बाटो चक्ल्याउने

पोखरा, कात्तिक २४ कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले आफ्नो विकासे एजेण्डामा विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट चक्ल्याउने महत्वकांक्षी योजना राखेका छन् । नेकपा माओवादी केन्द्रका नेता उनी पार्टीको गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक खण्ड चक्ल्याउने महत्वकांक्षी योजना ल्याएका हुन् । यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने… पुरा पढौ

प्रकाश बराल : कास्केली राजनीतिमा उदाउँदो नक्षत्र

पोखरा, कात्तिक २३ भनिन्छ, अवसर पायो भने हरेक मान्छे नायक बन्न सक्छ । तर कतिले त्यो अवसर नै पाउँदैन् । रत नायक नबन्दै कयौं मान्छेको ईहलिला समाप्त हुन्छ । तर कतिपयले अवसर पाउँछन् र आफूलाई प्रमाणित गर्दै ईतिहासमा आफ्नो नाम लेखाउँछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यस्तै नायक हुने अवसर कतिले पाउँछन् त्यो हेर्न बाँकी छ । तर कास्की क्षेत्र नम्बर–३ को-२ का गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका प्रकाश बराल तिनै कम भाग्यमानी मध्येका एक हुन सक्छन् ।… पुरा पढौ

विद्यार्थी र युवा आन्दोलनबाट खारिएका राजिव

पोखरा, कात्तिक २३ अहिलेका उम्मेदवारहरु थरिथरिका छन् । कोहि पैसाले टिकट किनेर उम्मेदवार बनेका छन् त कोहि आफन्तको फेरो समातेर । कोहि नेताको चाकडी गरेर टिकट हत्याउन सफल भएका छन् त कोहि टिकट नपाए पार्टी छाडेर अर्कै पार्टीमा जाने घुर्की र धम्की दिएर उम्मेदवार बनेका छन् । तर कोहि कोहि भने आफैले कोरेको विरासतमा उभिएर उम्मेदवार बन्नेपनि छन् । आफैले कोरेको विरासतमा उभिएर टिकट पाउने मध्ये एक हुन् कास्की क्षेत्र नम्बर ३ को (२) का एमाले उम्मेदवार राजिव पहारी ।… पुरा पढौ

डोटी घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार राति भूकम्पका कारण डोटीमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले ट्वीटमार्फत भूकम्पका कारणले डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय आठ परिवारका घर भत्केर छ जनाको निधनप्रति दुःख व्यक्त गरेका हुन । पूर्व प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरे। रासस पुरा पढौ